घुडा भन्दा मुनि खुट्टा गुमाएकाहरुलाई कृतिम खुट्टा राख्न केयुमा शिविर

जिल्लाको विभिन्न पालिकाका घुडा भन्दा मुनि खुट्टा गुमाएका अपाङ्गता भएका जेष्ठ नागरिक युवा र बालबालिकाहरु लाई लछित गरि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बाल अपाङ्ग टेवा र केयु मेकानिकल बिभाग अन्तर्गत रहेको डीजाइन ल्याबको सयुक्त टोलिले २६ जना खुट्टा गुमाएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको केयु मेकानिकल डीजाइन ल्याबका सदस्य श्रीराम थापाले जानकारी दिए । आज भएको स्वास्थ्य परिक्षणमा बाल अपाङ्ग टेवा संस्था परियोजना प्रबन्धक आशिस अधिकारी डीजाइन ल्याब प्रमुख प्रतिष्ठित लाल श्रेष्ठ, श्रीराम थापा र स्वास्थ्यकर्मीको टिमले शिविरमा खुट्टाको चेकजाँच गरिएको थियो ।
विभिन्न पालिकाका अपाङ्गता हुनुभएका व्यत्तिहरुलाई लछित गरि कृतिम खुट्टा उत्पादन गर्ने डिजिटल प्रोस्थेथिस केन्द्र स्थापना गरि अपाङ्गता भएका जेष्ठ नागरिक युवा र बालबालिकाहरु लाइ समाजमा सक्रिय सहभागिता बढाउने परियोजनाले शिविर गरिएको थापाले बताए । घुडा भन्दा मुनि खुट्टा गुमाएका व्यक्तिहरुको खुट्टाको नाप लिनुको साथै डिसेम्बर महिना भित्र नै नि–शुल्क कृतिम खुट्टा वितरण गर्न लागिएको थापाले जानमारी दिए । हामीले काभ्रे जिल्लाको बिभिन्न स्थानहरुमा बसोबास गर्ने २६ जनालाई कृतिम खुट्टा ल्याव जाँच गरेर बितरण गर्ने योजना बनाएको थापाले जानकारी दिए । जिल्लाको पाँचखाल, नमोबुद्ध, धुलिखेल, बेथानचोक र खानिखोला गाउँपालिका बाट आउनुभएका २६ जनाले कृतिम खुट्टा राख्नुहुनेछ । सिविरमा बिभिन कारण खुट्टा गुमाउनु भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कृतिम खुट्टा राख्न मिल्ने कि नमिल्ने भनेर शिविरमा स्वास्थ्यकर्मीको टिमले परिक्षण नाप लिएको थियो । शिविर केयु मेकानिकल बिभाग सदस्य श्रीराम थापाले संयोजन गरिएको थियो । शिविरमा सहज कर्ता मनिराज गौतम र गोकुल गुरागाईं लगायतकाको उपस्थिति रहेकोे थियो ।

तपाईको प्रतिक्रिया