चित्रकला मार्फत समृद्धि र विकास खोज्दै

बनेपा नगरपालिका वडा नं ८ का १० वटा विद्यालयका २० जना विद्यार्थीले चित्र मार्फत आफ्नो वडा कस्तो हुने भनेर अवधारणा सार्वजनिक गरेका छन् । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा वडाले आयोजना गरेको वडा स्तरीय चित्रकला प्रतियोगितामा आफ्नो सृजना सार्वजनिक गरेका हुन् । उनीहरुले आफ्नो वडामा रेल, साईकल लेन, हेरिटेज वाक गर्ने फुटपाथ, रेलसम्मको अवधारणा सार्वजनिक गरेका हुन् ।
आफ्नो वडा बनाउन सकिन्छ भनेर बालबालिकामाार्फत सुझाव लिने उपायको रुपमा वडाले कार्यक्रम आयोजना गरेको अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिनुभयो । उहाँले आफ्नो वडामा रहेको सम्पदाको संरक्षण गर्दै कस्तो खालको चित्र आउन सक्छ भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । आफ्नो वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सो चित्रकलामा सहभागीता जनाएका थिए ।
बनेपाका मेयर शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले बालबालिकाको चौतर्फी विकासमा सहयोग गरिरहेको बताउनुभयो । उहाँले वडामात्रै नभएर सिंगो नगर नै बालमैत्री बनेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । चित्रकलामा विद्यार्थीले दिएको सन्देशका आधारमा छात्रा र छात्रतर्फ दुबै विधाका उत्कृष्ट तीन÷तीन जनालाई प्रथम ६ हजार, दोश्रो ४ हजार, तेश्रो २ हजार नगद सहित पुस्कृत गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका खेलाडी सन्देश मानन्धरले खेलकुदमा गाल्ड मेडल ल्याएको भन्दै नगद १० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रमको संचालन युगेश्वर कायस्थले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया