हुम्ला–सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी देवकी तिमिल्सना (समिक्षा) निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा तिमिल्सनाले १ हजार ६३७ प्राप्त गदैँ विजयी भएकी छन् । तिमिल्सनाको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसकी सविता बुढाले १ हजार ५९४ मत प्राप्त गरे । ४३ मतान्तरले पछि पादैँ तिमिल्सेना निर्वाचित भएकी छन् । ६ हजार ८१० जना मतदाता मध्ये ४ हजार ५२४ मतदाताले मतदान गरेका थिए । नेकपा एमालेकी जाना शाहीले १ हजार १३२ मत राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगिता शाहीले ५१ म्त र राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ मत प्राप्त गरेकी छन् । नेपाली काँग्रेसबाट असन्तुष्ट देखाएका नरेश शाहीले ९ मत प्राप्त गरेका छन् खसेका मत मध्ये ७८ मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोषणा गर्न ढिलाई गरेको छ ।
हुम्लाको सर्केगाडमा माओवादी केन्द्रकी देवकी विजयी
2024-12-03T10:12:17+05:45

तपाईको प्रतिक्रिया