बाढीपहिरोबाट समस्यामा परेका बालबालिकालाई रेनिशाको सहयोग


बनेपा । बाढीपहिरोबाट विद्यालय झोलासहित किताब, कापी र अन्य सामानहरु बगाएर समस्यामा परेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आफ्नो जन्मदिनको अवसर पारेर रेनिशा मगरले झोला वितरण गरेकी छन् ।
काभ्रेको खानीखोला गाउँपालिका वडा नं. ३ का मगरले विहीवार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)लाई झोला हस्तान्तरण गरेकी हुन् । अहिले बनेपामा बसेर कक्षा ८ मा अध्ययनरत उनले विदेशमा रहेको आमाको सहयोगमा ३० जना विद्यार्थीहरुका लागि स्कूले झोला सहयोग गरेका हुन् ।
प्राप्त झोला ग्रहण गर्दै गाउँपालिका अध्यक्ष थिङले बाढीपहिरोबाट घरबारसहित सबै सामग्री बगाएर समस्यामा परेका आफु जस्तै विद्यालय जाने विद्यार्थीहरुलाई ठुलो राहत मिल्ने बताए । प्राप्त सामग्री छिट्टै लगेर वितरण गर्ने अध्यक्ष थिङले बताए ।

तपाईको प्रतिक्रिया