
बनेपा/काभ्रेपलाञ्चोक जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको नाईटिङे्गल एकेडेमी बनेपाले भव्य रुपमा खेलकुद सप्ताहको सुुभारम्भ गरेको छ । सिनीयर र जुनियर विधामा फरक फरक १२ स्पर्धामा प्रतिस्पर्धा गर्ने गरि खेलकुद सप्ताहको सुुरुवात गरिएको हो ।
एक औपचारिक कार्यक्रमका बीचमा ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी ज्ञानबहादुर खड्काले कार्यक्रमको सुभारम्भ गर्दै प्रहरी र समुदाय मिलेर अपराधलाई नियन्त्रण गर्न सक्ने उल्लेख गर्नुभयो । उहाँले समाजमा अपराध गर्नेहरु प्रहरीसँग डराउने तर ईमान्दार मानिसहरुको साथी नै प्रहरी भएको बताउनुभयो । उहाँले अपराध न्यूनिकरणमा प्रहरीले कार्य गर्ने भएकाले सहयोग गर्न अनुरोध गर्नुभयो ।
उहाँले खेलकुदले मान प्रतिष्ठासँगै कमाई गर्न सकिने भएकाले विद्यार्थीले अध्ययनसँगै खेलकुदलाई पनि अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
विद्यालयका निर्देशक रत्नकुश रंजितकारले हरेक बर्ष खेलकुद सप्ताहमा विद्यार्थीले हरेक बर्ष प्रतिस्पर्धा गर्ने बताउनुभयो । विद्यालयमै अत्याधुनिक सुविधाको फुटसल, बाँस्केटबल, टेबुलटेजिसको मैदान सहितको मैदान निर्माण गर्न लागेको बताउनुभयो । सो विद्यालयले हरेक बर्ष पौडी प्रतियोगिता समेत आयोजना गर्ने गरेको छ ।
विद्यालयको प्रिन्सिपल उमा बस्नेतले शिक्षकको मेहनतले नै आफ्नो विद्यालयले निरन्तर उपलब्धी हासिल गरेको र खेलकुद सप्ताह पनि त्यसैको एउटा प्रमाण रहेको बताउनुभयो । उहाँले व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीसँगको समन्वयले मात्रै विद्यालयले सफलता हासिल गर्ने बताउनुभयो ।
बनेपा-१० मा रहेको सो विद्यालयले रहेक बर्ष आफ्नो खेलकुद सप्ताहलाई विशेष बनाउने गरेको छ । रमित बस्नेत र सिखा मानन्धरले संचालन गरेको कार्यक्रममा विभिन्न सदनका विद्यार्थीले आफ्नो मार्च पास गरेका थिए । एकै पटक सयांै विद्यार्थीले गरेको मार्चपास अनुशासित देखिएको भन्दै प्रमुख अतिथीले प्रशंसा गर्नुभयो । निरन्तर उत्कृष्ट नजिता ल्याएर काभ्रेकै नमूना विद्यालय बन्ने अभियानमा रहेको विद्यालयमा अतिरिक्त कृयाकलाप समेत निक्कै राम्रो रहेको छ । जुनियर तहका विद्यार्थीको प्रतियोगितामा अभिभावक समेत उपस्थित हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया