सिपखानले गरे पार्टीभित्र व्रिदोहको तयारी

पाँचखाल÷पार्टी विभाजनको औचित्य पुष्टि नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पाँचखाल नगर कमिटीका संयोजक रविन्द्र सिपखानले पार्टीभित्र विद्रोहको तयारी थालेका छन् ।
उनीसँगै नेकपा एसका पाँचखालका विभिन्न तहका नेताले पनि पार्टी फुटको औचित्य साबित हुन नसकेको भन्दै पुरानो पार्टी एमालेमा प्रवेशको तयारी थालेका छन् ।

सोही क्रममा आफ्नो पुरानो संगठन एमालेका नेतासँग छलफल भइरहेको सिपखानले काभ्रे हेडलाइनलाई जानकारी दिनुभयो । उहाँले विद्रोहको औचित्य पुष्टि गर्न नेताहरु असक्षम भएको दो¥याउनुभयो । अहिले एमालेका नेताहरुसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । विभाजनको पुष्टि नभएकाले आफू एमालेमा आउने उहाँले पाँचखालमा भएको छलफलमा समेत जानकारी गराउनुभएको थियो । छलफलमा सहभागी एमाले पाँचखाल नगर कमिटीका अध्यक्ष विष्णु पौडेलले एमाले प्रवेशमा उहाँ सकारात्मक रहेको बताउनुभयो । उहाँसँगै ठूलो पक्ती एमालेमा आउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य कंचन अधिकारीले सामाजिक संञ्जालमा सिपखानसँग बसेको सामुहिक तस्बिर सार्वजनिक गर्नुहुँदै नेकपा एसका नगर संयोजकसँगको कुराकानी सकारात्मक भएको बताउनुभएको छ । नेकपा एमाले पाँचखाल नगरकमिटीलाई बलियो बनाउने अभियान अघि बढाएको उहाँले सामाजिक संञ्जालमा उल्लेख गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया