काभ्रे/ कवि सूर्य प्रसाद लाकोजूको चर्चित कविता कृति मेरो घाम नामक कवितासङ्ग्रहमाथि लेखिएको घामका उपासक सूर्यप्रसाद लाकोजू नामक समालोचना कृति एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराईले लोकार्पण गरेका छन ।
साहित्यकार भीमप्रसाद काफ्लेद्वारा लिखित सो कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै डा भट्टराईले उमेरमा आफूभन्दा कनिष्ठ तर लेखनमा बलिष्ठ भएकै कारणले यो पुस्तक प्रकाशन भएको बिचार पोखे । कवि सूर्य लाकोजूको मेरो घामभित्रका कविताहरू हृदयस्पर्शी भएका कारण ती कविताहरूका बारेमा पुस्तक नै लेख्नु सामान्य कुरा नभएको उनले बताए । लेखक भीमप्रसाद काफ्लेले मेरो घामले आफूलाई स्पर्श गरेकै कारणले यो पुस्तक तयारभएको प्रतिकृया दिए । त्यस्तै टिप्पणीकार तुयुकाजी ताम्राकारले सुन्दर कवितामाथि व्याख्यात्मक समालोचना भएको विचार व्यक्त गरे । कार्यक्रममा कवि सूर्य लाकोजू, विष्णु ओलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया