
पनौती÷पनौती पर्यटन विकास केन्द्रको अध्यक्षमा समाजसेवी पुरुषोत्तम कमाचार्य दोश्रो कार्यकालका लागि चयन हुनु भएको छ । पहिलो कार्यकालमा पनौती पर्यटन केन्द्रलाई उचाईमा पु¥याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको उहाँलाई दोश्रो कार्यकालको लागि पुनः सर्वसम्मतले निर्वाचित गरिएको हो ।
शनिबार भएको १३ औं साधारण सभाले कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको हो । पहिलो कार्याकालमा आफ्नो व्यवस्थित कार्यालय संचालन गरेर सोही केन्द्रबाट पनौती आउने पर्यटकलाई स्वागत गर्ने गरिएको छ ।
उहाँले आफ्नो पहिलो कार्यकालमा टुरिस्ट गाईड तालिम संचालन गर्नुभएको थियो । जसको कारणले पनौतीको बारेमा धेरैभन्दा धेरै प्रचार भएको थियो । उहाँले आफू अध्यक्ष बनेसँगै त्रिवेणीघाटमा बृक्षारोपण गरेर रुख जोगाउन ट्रि सुरक्षाको व्यवस्थापन गर्नुभएको थियो ।
स्थापना भएपनि राम्रोसँग संचालन हुन नसकेको पर्यटन केन्द्रलाई जिवित राखेर अघि बढाउन उहाँको महत्वपुर्ण भुमिका रहेको छ ।
विश्व पर्यटन दिवसमा आएको पहिलो पर्यटकलाई दिनभरको खाना निशुल्क मायाको चिनो प्रदान गरेर विश्वभर पनौतीको बारेमा प्रचार गर्न सहयोग गर्नुभएको थियो । पनौतीमा लोपोन्मूख बन्दै गएको बासको सामाग्री ढकिचा, विचा खैचाको तालिम ३५ जनालाई दिएर त्यस्ता सामाग्रीको विक्री वितरणको प्रबन्ध समेत केन्द्रले गरेको हो । पनौतीको पर्यटनको विकासमा संचारमाध्यमको भुमिका निक्कैहुने भएकाले केन्द्रले पत्रकारसँग अन्तरकृया तथा कार्यशाला गोष्ठि गरेको थियो ।
धिमे बाजा तालिम र पनौती आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सबैलाई स्वागत सम्मान, योमरी प्रदान गरेर पनौतीको सँस्कृतिलाई जीवन्त राख्ने काम केन्द्रले गरेको छ । गाईड बुक, हेरिटेज पासपोर्ट, म्याप नक्सा, मार्फत पनौतीलाई सहज चिन्ने माध्यम उहाँकै कार्यकालमा भएको थियो । पनौतीका हरेक टोल सौन्र्दय हुनुपर्छ भन्ने मान्यताालाई आत्मसाथ गरेर गमला र फुलको विरुवा टोल सुधार मार्फत राखेको हरेक टोलमा ३० वटाको दरले राखेको २४० वटा राखे उहाँले जानकारी दिनुभयो । त्यस्तै विश्व शान्ति पदयात्रामा स्वागत कार्यक्रम, कोरासाकलिङको स्वागत समेत गरेको थियो ।
शनिबार अध्यक्षमा कर्माचार्यसँगै उपाध्यक्ष विकास होराजु, समितीको महासचिवमा सिजन सुद्धाकार, सचिवमा सपना कक्षपति उलक, कोषाध्यक्षमा विकास सैजु चयन हुनु भएको हो । सदस्यहरुमा श्यामहरि महाजू, प्रशान्त श्रेष्ठ, जीवनरद्यु श्रेष्ठ, हेमा मानन्धर, सुजन सुद्धाकार, श्रवण खिबञ्जारा रहनु भएको छ ।
विश्व सम्पदा सूचीमा सुचिकृतको प्रस्तावित पनौतीको पर्यटन विकासमा सबैसँग हातेमालो गर्दै अघि बढ्ने योजना रहेको अध्यक्षले बताउनुभयो पनौतीमा विश्वभरीका पर्यटक ल्याउन समितीले भुमिका खेल्ने बताउँदै स्थानीय तह, प्रदेश र संघीय सरकारसँग हातेमालो गरेर आफूहरु अघि बढ्ने बताउनुभयो । उहाँले पनौतीका सहरी ग्रामीण क्षेत्रको पर्यटनको विस्तार गराउने आफ्नो प्रमुख ध्येय रहेको बताउनुभयो ।
केन्द्रको १३ औं अधिवेशको उद्घाटन नेपाली काग्रेस काभ्रेका सभापति तिर्थ लामाले गर्नुभएको हो । उहाँले आफूले पनौतीको विकासमा सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँ मन्त्री भएको समयमा पनौती विकास केन्द्रलाई विशेष सहयोग गर्नुभएको थियो । उहाँले बजेट व्यवस्थापन गरेकै कारणले पनौती विकास केन्द्रले यस्ता कार्य गर्न सफल भएको थियो । कार्यक्रममा बोल्दै मेयर रामशरण भण्डारीले पनौती पर्यटन केन्द्र भएकाले त्यसको विकासमा नगरले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया