
अखिल नेपाल फुटवल संघ एन्फाले काभ्रेको धुलिखेलमा फुटवल मैदान बनाउन एक लाख रुपियाँ अमेरिकी डलर बराबरको सहयोग गर्ने निर्णय गरेको छ । एन्फा कम्प्लेक्समा बसेको बैठकले धुलिखेलमा खेल मैदान बनाउन सो रकम सहयोग गर्ने बैठकपछि जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । सो कुराले काभ्रेका खेलप्रेमीमा खुसीयाली छाएको छ ।
बैठकले ४० हजार दर्शक अटाउन मिल्ने खेलमैदान निर्माण गर्न नेपाल सरकानसँग जग्गा उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । प्रारम्भमा नयाँ खेल मैदाननका लागि २२ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरेको छ । जसका लागि उपाध्यक्ष दीपक खड्कालाई संयोजक तोकेको छ ।
त्यस्तै दशरथ रङ्गशाला संरक्षणका लागि तीन लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया