
बनेपा÷हामीले कार, स्कूटर र मोटरसाईकको ड्राईभिङको प्रशिक्षण भनेको त सुनेकै हो । तर पछिल्लो समय कार, मोटरसाईकल र स्कूटर चलाउन सिकाउने ड्राईभिङ सेन्टरमा साईकलको पनि प्रशिक्षण सुरु गरिएको छ ।
झट्ट सुन्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ साईकलको पनि प्रशिक्षण । तर यो वास्तविकता हो । काभ्रेको चिरपरिचित बिएमके ड्राईभिङ स्कूलले साईकलको प्रशिक्षण सुरु गरेको छ ।
धेरैले साईकल पनि सिक्ने मौका पाएका हुँदैनन् । मोटरसाईकल र स्कूटर चलाउनेलाई पनि साईकल चलाउन समस्या हुन्छ । विशेष गरेर विद्यार्थी भिसामा जापान जाने विद्यार्थीहरुले साईकलको प्रशिक्षण लिने गरेका छन् । अघिल्लो बर्ष ६ जनाले प्रशिक्षण लिएकोमा यो बर्ष काभ्रेकै भरपर्दाे र धेरैको रोजाईमा परेको बिएमके ड्राईभिङ स्कूलले दश जनाले धमाधम साईकल सिकिरहेका छन् ।
पछिल्लो समय नेपाली विद्यार्थीको उच्च शिक्षाका लागि जापान जाने क्रम बढेको छ । जापानमा नेपाली विद्यार्थीले यातायातको साधनको रुपमा अनिवार्य प्रयोग गर्ने भनेको साईकल हो । जापान जाने विद्यार्थीको मागलाई ध्यानमा राखेर बिमएमकेले यो सेवाको पनि सुरुवात गरेको हो । अघिल्लो बर्ष जापान जाने छ जनाले सिक्नु भएको स्कुलका प्रोपाईटर रुपेश काफ्लेले बताउनुभयो ।
सुरुबाट केही पनि नजानेका विद्यार्थीहरुले १५ दिनमा सडकमा साईकल चलाउन सक्ने बनाएर प्रशिक्षण दिने गरेको काफ्लेले बताउनुभयो । साईकल सिकाउन एक हजार ५०० रुपियाँमा लिने गरेको उहाँले स्पष्ट पार्नुभयो ।
स्थापनाको आठ बर्षमा सात हजार जनाको लाइसेन्स निकाल्न सफल सो स्कुल बनेपामा सबैभन्दा गुणस्तरीय विभागको मापदण्ड पुरा गरेको स्पट र अनुभवित प्रशिक्षक रहेको बिमएमके अरु भन्दा पृथक छ । यसले मापदण्ड अनुसार दक्ष अनुभवी प्रशिक्षकबाट ड्राईभिङमात्रै सिकाउदैन लाइसेन्सको आवश्यक सबै प्रोसेसिङ समेत गर्दै आएको छ ।
सो स्कूलममा विशेष गरेर छोरीहरुले सुरक्षित मान्दै धेरैभन्दा धेरै ड्राईभिङ सिकेको अनुभव गरेका छन् । सोही सेन्टरबाट तालिम लिएर हाल क्यानडामा बसोबास गर्दै आउनुभएको सुजु पौडेलले आफ्नै घरको दाजुभाईले सिकाए जसरी विश्वासले ड्राईभिङ सिकेको अनुभव व्यक्त गर्नुभयो । त्यहाँको सेवाबाट धेरै खुुसी पनि छन् । एक बर्षमा १२ जना गरिब र कमजोर आयस्तर भएका युवालाई कार सिकाएर आत्मनिर्भर बनाउने अभियान पनि सेन्टरले सुरु गरेको छ ।
मोटरसाईकल, कार, ठूला गाडी, स्कूटरको ट्रायल दिनुपूर्व अनिवार्य लिखित परीषाा दिनुपर्ने हुन्छ । त्यसको लागि स्कूलले हरेक शनिबार लिखित परीषाको विशेष कक्षा संचालन गर्ने गरेको छ । त्यस्तै गाडीमा आउन सक्ने प्राविधिकलाई ध्यानमा राखेर मर्मत तयारी कक्षा समेत संचालन गरेको छ । सो कक्षा पनि शनिबार नै संचालन हुने गरेको काफ्लेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया