
बनेपा÷नेकपा एसको पोलिटव्यूरो सदस्यमा काभ्रेबाट तीन जना विजयी भएका छन् । विजयी हुनेमा प्रदेश सांसद लक्ष्मण लम्साल, मण्डनदेउपुरका मेयर टोकबहादुर वाईवा र पूर्व सांसद विदुर सापकोटा रहेका छन् । पोलिटव्युरोमा ८४ जना विजयी हुनुपर्नेमा काभ्रेबाट लम्सालले १४८ मत ल्याएर २७ औं नंम्बरमा विजयी हुनुभयो । त्यस्तै, १२८ मत ल्याएर टोकबहादुर वाईवा ४९ औं नंम्बरमा विजयी हुनुभयो । ११९ मत ल्याएर विदुरप्रसाद सापकोटा ६६ औं नंम्बरमा विजयी हुनुभयो ।
काभ्रेका मुकुन्दप्रसाद गौतमले ४१ मत मात्रै पाउनुभयो । उहाँ पराजित हुनुभयो ।
प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । रामकुमारी झाँक्रीले १८२ पाएकी छन् ।
यस्तो छ अन्तिम मतपरिणाम






तपाईको प्रतिक्रिया