निःशुल्क बससेवा दिदै काभ्रे बहुमुखी क्याम्पस

बनेपा÷जिल्लाकै पुरानो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसले विद्यार्थीको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सुरु गरेको छ ।
क्याम्पसले सूचना जारी गर्दै नाला, जनागाल र बनेपाट निशुल्क बससेवा सुरु गरेको उल्लेख गरेको छ । काभ्रे बहुमुखी क्याम्पसका प्रमुख केजी वैदारका अनुुसार नालाको चण्डेश्वरी माविबाट बिहान ५ः३५, जनागाल २५ किलोबाट बिहान ५ः५५ बजे र बनेपा चारदोबाटोबाट बिहान ६ः०० बजे बस छुट्ने तालिका बनाईएको छ ।

 

तपाईको प्रतिक्रिया