
बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्। आइतबार राति बुङ्गल नगरपालिका-१० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया