नेकपा एमाले मण्डनदेउपुर–काठमाडौ सम्पर्क मञ्चमा नयाँ नेतृत्व

बनेपा÷नेकपा एमाले मण्डनदेउपुर–काठमाडौ सम्पर्क मञ्चको नयाँ कार्य समिति चयन भएको छ । शनिबार काठमाडौंमा भएको अधिवेशनले रमेश न्यौपानेको अध्यक्षमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अच्युत प्रसाद अर्याल, महिला उपाध्यक्षमा सरिता दुलाल बस्ताकोटी र सचिवमा गणेश भण्डारी निर्विरोध निर्वाचित हुनुभयो ।उपसचिवमा  बाबुराम तमाङ निर्वाचित हुँदा कोषाध्यक्षमा नवराज भण्डारी चयन हुनुभयो ।
समितिको कार्यसमितिदस्यहरुमा रमेश लम्साल,अनिल चौलागाई,युवराज बजगाई,सवास सापकोटा, श्रीकृष्ण डोटेल,कुवेर डोटेल.तिर्थ नारायण श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै मैया ठकुरी उमेश क्षेत्री,सजिन नेपाल,रामगोपाल तिमल्सिना, भरत बहादुर पराजुली,सुनिता पराजुली, प्रकाश बराईली,सानुराजा गुरुङ,राजन गौतमलाई कार्यसमितिमा चयन गरेको हो । नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएको अधिवेशन तथा विस्तारित भेलामा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल लगायतकाले सम्बोधन गरेका थिए । भेलाको अध्यक्ष नेकपा एमाले मण्डनदेउपुर–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष प्रभुराम श्रेष्ठले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया