नमूना काभ्रे समृद्धि काभ्रेलीको सपना पुरा गर्छाै : भुर्तेल

काठमाडौं÷ नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेका अध्यक्ष राजन भुर्तेलले नमूना काभ्रे र समृद्धि काभ्रेलीको सपना पुरा एमालेले पुरा गर्ने बताउनुभएको छ ।
नेकपा एमाले मण्डनदेउपुर काठमाडौं सम्पर्क मंञ्चको अधिवेशनलाई सम्बोधन गर्दै विगतदेखि नै एमालेले विकास र समृद्धिको यात्रालाई अघि बढाउँदै आएको बताउनुभयो । काभ्रेको विकासमा एमालेले निरन्तर रुपमा नेतृत्व गरेको बताउनुभयो ।
काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष भुर्तेलले वैचारिक रुपमा सवल नेता र कार्यकर्ता बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले एमालेले लिएको जनताको बहुदलिय जनवादको सपना पुरा गर्नुपर्ने दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले वडादेखि, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमा एमालेको नेतृत्वमा भएपछि मात्रै एमालेको सपना पुरा हुने बताउनुभयो ।
उहाँले एमालेले वैचारिक कार्यकर्ता उत्पादन गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि सृजनात्मक कार्यकर्ता बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आर्थिक तथा सामाजिक रुपमा समृद्धि र आर्थिक हिसाबले अधिकार सम्पन्न बनाउनुपर्नेमा दिशामा अघि बढ्न आवश्यकरहेको उल्लेख गर्नुभयो । गरिब रहित जिल्ला बनाउन संकल्प बोकेको बताउनुभयो । एमालेको नेतृत्वमा विगतमा काभ्रेले विकासमा फड्को मारेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया