काभ्रेको रोशी गाउँपालिकाको सानो भुग्देउमा खोला तर्ने क्रममा एक जनाको बगाएर मृत्यु भएको छ ।
आईतबार साँझ ७ बजेको समयमा काभ्रे जिल्लाको रोशी गा पा १ सानो भुग्देउमा बस्ने बर्ष ४५ को कमल बि क लगायत निजको श्रीमती, छोरी तिनैजना गाँउबाट घर जादै गर्दा सानो भुग्देउमा खोला तरेका थिए । खोला तर्ने क्रममा खोलाले बगाउँदा कमल बि क हराएका थिए । हराइरहेका उनलाई बिहान स्थानीयले खोजी गर्दै जाने क्रममा २ कि मि तल खोला बगरमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रोशी १ न वडाको वडा अध्यक्ष श्रीदास लामाले बिकलाई बिहान मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरी टोली खटिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया