भुम्लु गाऊँपालिकामा एसईई उत्कृष्ट विद्यार्थीलाई नगद एक लाख सहित सम्मान

जिल्लाको भुम्लु गाउँपालिकाले २०८० सालको एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । आज (आइतबार) गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले संयुक्त रुपमा विद्यार्थीहरुलाई सम्मान गरेका हुन् । गाऊँपालिका भित्रको समुदायिक विद्यालय बाट छात्र तर्फ करिश श्रेष्ठ र छात्रा तर्फ मिरा श्रेष्ठलाई नगद एक – एक लाख सहित सम्मान गरिएको गाऊँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिए ।

अध्यक्ष भुजेल र उपाध्यक्ष तामाङले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छात्रछात्रालाई १/१ लाख नगद पुरस्कार सहित सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराई, विभिन्न विद्यालयको प्रधानाध्यापकहरु, शिक्षा शाखाका कर्मचारीहरु लगायतका सहभागी थियो ।

तपाईको प्रतिक्रिया