एमालेले मण्डनदेउपुरमा दियो बुँदागत सुझाव 

बनेपा÷ नेपाल कम्युनिस्ट पार्टी(एमाले) मण्डनदेउपुर नगर कमिटीले मण्डनदेउपुर नगरपालिकालाई सही दिशामा ल्याउन बुँदागत सुझाव दिएको छ । एमाले मण्डनदेउपुर नगर कमिटिका सचिव तुलसी नेपालले २८ बुँदामा सुझाव दिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार मण्डनदेउपुरमा पहिलो पार्टी भएको हिसाबले समृद्ध र सुखी मण्डनदेउपुर बनाउन बुँदागत रुपमा सुझाव दिएको जानकारी दिनुभयो ।
उद्यमी व्यवसायीलाई बढाएको करको दायरलाई घटाउन,लेखा परीक्षकको सुझाव कार्यान्वयन गर्न सुझाव दिएको छ । मण्डनदेउपुर नगरपालिकामा भएको नितीगत भष्ट्राचार नगर्न खबरदारी गर्ने उल्लेख गरिएको छ ।
पार्टी अध्यक्ष शेरबहादुर डोटेलले बुझाएको सुझावपत्रमा खानेपानीको मुहान सुचिकृत गर्दा उर्वरभुमीलाई सिंचाईमा असर नपार्ने हिसावले गर्न, जग्गाको तिरो न्यूनतम बनाउन सुझाव दिएको छ ।
दुध र तरकारीको सर्मथन मूल्य तोक्न, उत्पादनमा आधारित अनुदान र निशुल्क पशु र कृषि बीमा गराउन माग गरेको छ । युवा,महिला,किसान र सिमान्तकृत समुदायलाई सहुलियत ऋण, रासायनिक मलको व्यवस्था, शिक्षक सरुवा आंतक बन्द गर्न, आफू अनुकुल शिक्षक नियुक्त गर्न,योजना र कार्यक्रम विना श्रोत बजेटको व्यवस्थापन नगर्न सुझाव दिएको छ । त्यस्तै,पर्यटन कलेजको पढाई, डम्पीङ साईडको निर्णय अवैज्ञानिक रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया