ब्लड क्यान्सरसँग जुधिरहेका बेथानचोकका शर्मालाई आर्थिक संकट

 

बनेपा÷जसको हातमा परिवारमा सबै जिम्मेवारी र दायित्व छ उसलाई प्राणघातक रोग लागेर अस्तपालमा भर्नाहुँदा के हुन्छ ? त्यस्तै भएको छ बेथानचोक–३ का शर्मा परिवारलाई । घरमा कमाएर खुवाउने र पाँच महिनाको जुम्लाह सन्तानका पिता ३५ बर्षका निर्जलकुमार शर्मा यतीबेला सिभिल अस्पतालमा ब्लड क्यान्सरसँग जुधिरहेका छन् ।

उनीहरुको परिवारले कहिल्यै पनि हात पसारेनन् । सकेसम्म अरुलाई सहयोग गरे । उहाँको दिंवगत पिता रामप्रसाद शर्मा काभ्रेका प्रतिष्ठित  वलिक थिए । बुबाको निधनपछि शर्मा परिवारको जिम्मेवारी निर्जलले राम्रोसँग निभाइरहेका थिए ।  परिवारलाई राम्रोसँग चलाएका थिए । व्यापार व्यवसाय गरेर परिवार पालेका थिए । तर एक्कासी क्यान्सरले लडाएपछि उहाँहरुको परिवारको विचल्लीमा परेको छ ।

३५ बर्षको उमेरमै क्यान्सर भएपछि उहाँको परिवारले अहिलेसम्म औषधि उपचार गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएपछि थप उपचारको लागि समस्या देखिएको छ । उहाँहरुले सहयोगसँग थप उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गरेका छन् । उहाँको परिवारले सकेसम्म र आफूले गर्न सक्ने उपचार खर्च गरेपनि थप उपचारका लागि आर्थिक अवस्था कमजोर देखिएको छ ।

यो महत्वपुर्ण समयमा यहाँहरुको सानो सहयोगले पनि उहाँको परिवारलाई निक्कै ठूलो राहत मिल्न सक्छ । पाँच महिनाको जुम्लाह सन्तानलाई हुर्काउने, उपचार गर्न उहाँहरुलाई निक्कै अप्ठारो परेको छ ।

उहाँको भाई निर्मलकुमार शर्माको नाउमा रहेको बैक खातामा यहाँहरुले सहयोग गर्न सक्नु हुनेछ । उहाँको भाई निर्मलकुमार शर्माको नाममा मुक्तीनाथ विकास बैकमा रहेको खाता नम्बर ०८९२०१००४६४५८००००००१ मा यहाँहरुले आफ्नो सहयोग रकम जम्मा गर्नसक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया