
खोला तर्ने क्रममा खोलाले बगाएर फुपु भदैनीको ज्यान गएको छ । शनिवार साझ ७ बजे रोशी गा.पा.११ स्थित रहेको भ्याकुरे खोला तर्ने क्रममा ६५ बर्षको जालमाया रुचाल मगर र उहाँकै भदैनी बर्ष अं.५ की सेतिमाया रुचाल मगरलाई खोलाले बगाई अं. ९०० मिटर तल दुबै मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
शनिबारको अविरल बर्षापछि काभ्रेको बिपि राजमार्ग र अरनिको राजमार्ग अवरोध भएको थियो । अहिले सडक दुइतर्फी खुलेको छ ।
तपाईको प्रतिक्रिया