सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा दुईजना मजदूर पुरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा प्रहरीले १० घाइतेको उद्दार गरिएको छ । शुक्रबार दिउँसो २ बजे हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भाँसिएपछि घटना भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
घटनामा दुईजना पुरिएको र १० जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । ठाकुरबावा नगरपालिका– ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका ५ का ३० वर्षीय सुमन थारु ढलानले पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
त्यस्तै नाम थर नखुलेको दुईजना पुरुषहरू ढलानमा च्यापिएको हुँदा उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ । उद्दार गरिएका १० जनालाई भने उपचारको लागि अस्पताल लगिएको छ । उद्दार गरिएकामध्ये सामान्य घाइतेलाई बाह्रबिसे प्राथमिक स्वाथ्य केन्द्र र गम्भीर घाइतेलाई धुलिखेल अस्पताल लगिएको छ ।
तपाईको प्रतिक्रिया