नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई ए ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो। उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टी २० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइ समेत दिएको छ।
बलात्कार अभियोग लागेपछि लामिछाने केही समय निलम्बनमा परेका थिए। उच्च अदालत पाटनले सफाइ दिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए। उनले बंगलादेशविरुद्ध दुई विकेट लिँदै सय विकेट पूरा गरेका थिए। अमेरिकाले भिसा नदिँदा उनले नेदरल्यान्ड्विरुद्धको खेल भने गुमाएका थिए।
तपाईको प्रतिक्रिया