चौथो हेमजा हिले महोत्सव सम्पन्न

 

शनिबार दिनभरजसो हेमजा हिले महोत्सवको रौनकमा रहयो । महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे । त्यहाँ स्थानीय देवीस्थानसेवा समाजले महोत्सवको चाजो पाजो मिलाएको थियो । अन्य दिनको तुलनामा शनिवार करिव ९ बजे स्थानीय देवीस्थान माईमन्दिरमा भेला भए । त्यहाँबाट कृषि झाँकी सहितको शोभायात्रामा सहभागि महोत्सव स्थलमा पुगेका हेमजावासीको बाक्लो उपस्थिती देखियो । त्यहाँ हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसानसम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता भए । महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र शाहीले हेमजा प्राकृतिकसुन्दरले भरिपूर्ण रहेको चर्चा गर्दै हेमजाको खेतीयोग्य जमिनको संरक्षण गर्नु पर्ने बताए ।आर्थिक उपार्जन गर्नविदेश जाने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दै शाहीले देशकै भूमिमा कर्म गरी अर्थोपार्ज न गर्नेसपना देख्नसबैलाई सुझाव दिए । महोत्सव अन्तर्गत भएको झाँकी ¥यालीतर्फ चापाघाट आमा समूहप्रथम, देवीस्थान आमा समूह दोस्रो तथा नेवा खलः हेमजा समू हतेस्रो भए ।
त्यस्तै ४० वर्षमाथिको पुरुष हिले दौडतर्फ महादेव सापकोटा पहिलो तथा प्रताप सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फ मीना नेपाली पहिलो र रमा भण्डारी दोस्रो हुन सफल भएको महोत्सव मूल आयोजक समितिले जनाए ।

त्यस्तै भाले समाउनेमा धादिङका रमेश रानामगर विजेता, विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा हेमजा बोडिङ पहिलो, विष्णुपाु का मावि दोस्रो र हेमजा बोडिङ कै समूहतेस्रो, हिले दौडमा अभिषेक बुढाथोकी प्रथम तथा उमेश विक दो स्रो भए ।

त्यसैगरी रस्साकस्सी प्रतिष्पर्धामा पाटा समाज पहिलो तथा सिम्पानी समूह दोस्रो, बच्चा दौड(पुरुष)तर्फ प्र शान्त सुनार प्रथम तथा कृष्ण थापा द्वितीय, महिलामा अपेक्षा केसी पहिलो तथा यार्जा राना दोस्रो हुन सफल भए ।

 

तपाईको प्रतिक्रिया