नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

भकुण्डेबेसी – जिल्लाको नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । आईतबार नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले पूर्ण खोप भएको नगर घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा प्रमुख कुन्साङ लामा, उप प्रमुख रत्न लामा वडा अध्यक्षहरु, बिभिनन दलका प्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।
पूर्ण खोप घोषणा कार्यक्रममा बोल्दै प्रमुख लामाले स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता कार्यमा नगरले सधै साथ दिने बताए । हामीले नगरको सबै जनताहरुको स्वास्थ्यको क्षेत्रमा धेरै काम गरिरहेको अब बालवालिकाहरु खोप पाउन बाट बन्चित नहुने उनले बताए ।
नगर उप प्रमुख रत्न लामाले नमोबुद्ध नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता तथा निरन्तरताको लागि नगरपालिका बाट साथ सहयोग हुने बताए । साथै आगामी दिनमा कुनैपनि अवस्था वा परिस्थितिमा पनि नगरको कुनैपनि बालबालिकाहरु कुनैपनि खोप लिन बाट बञ्चित नहुने लामाले बताए ।
जिल्ला खोप समन्वय समिति काभ्रेका खोप अधिकृत पर्थ मणी न्यौपानेले जिल्लाको नमोबुद्ध नगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लागि सबै खाले कार्यहरु सम्पन्न गरेर घोषणा गर्न सफल भएको बताए ।


नगरपालिकाको १ नं वडा देखि ११ वडा सम्मका १६ महिना देखि ५९ महिना सम्मका सबै बालवालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्र पाउनुपर्ने सबै खाले खोप पाएका र खोप कार्यक्रम पूर्णरुपमा सबै बालवालिकाको पहुँचमा पुगे पछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले बताए ।

नगर पूर्ण खोप घोषणा पछि बालवालिकाहरुको लागि महत्वपुर्ण रहेको नगर स्वास्थ्य शाखा सह संयोजक कर्मा लामाले बताए । यो राष्ट्रिय रुपमा रहेका खोप कार्यक्रमलाई सुनिश्चिता घोषणा गर्न घरदुरी सर्वेक्षण, बालवालिकाहरुको तथ्यङ्क, जन्म दर लगायत नियमनको कामहरु सम्पन्न गरेर जिल्ला खोप अनुगमन समिति बाट नियमनमा घोषणा गर्न सफल भएको लामाले बताए । अबको दिनमा नियामित खोप कुनैपनि बालवालिहरुले लगाउन बाट छुट नहुने लामाले बताए ।

तपाईको प्रतिक्रिया