बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्वमा निःशुल्क हेयर कटिङ तालिम सम्पन्न
काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ द्धारा आयोजित ४५ दिने निःशुल्क हेयर कटिङ तालिम आज समापन भएको छ । गत बैशाख २७ गतेबाट प्रारम्भ गरिएको तालिम २५ जना युवायुवतीहरूलाई प्रदान गरिएको थियो ।
बि.स्टारको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराई, विशिष्ट अतिथिहरूमा वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई, वडा नं ११ त्यस्तै कार्यक्रममा अतिथिको रुपमा हास्य टेलिसिरियल सक्किगोनीका कलाकार हरि निरौला “कक्रोज” , कपन डोल सुधार समितिका अध्यक्ष नारन प्रसाद ढुङ्गेल , बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा सदस्य मिना बयालकोटी, ईश्वरी भट्टराई लगायतका अतिथिहरुको सहभागीतामा आयोजित कार्यक्रमको सभापतित्व बी स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनका प्रमुख तथा मेकअप आर्टिष्ट बिक्रम गौतमले लिएका थिए।
तालिममा सहभागी विद्यार्थी पुष्पा थापाले स्वागत मन्तव्यसंगै आफ्नो अनुभव साट्दै प्रारम्भ भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कलाकार हरि निरौलले कपाल काट्ने पेशा आफैमा एक जटिल पेशा रहेको तर देशमा कपाल काट्नको निम्ति अझैपनी दक्ष जनशक्तिको अभाव खड्किरहेको बेला आयोजना गरिएको हेयर कटिङ तालीमले आगामी दिनमा दक्ष जनशक्ति स्वदेशमा नै उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताए ।
तालिममा सहभागी २५ जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण सहित सम्पन्न भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा समेत केहि समय अगाडि हेयर कटिङ तालिम आयोजना गरिएको मध्य धेरै विद्यार्थीहरुले अहिले सोही पेशामा आबद्ध रहेको र वडा नं १२ ले गरेको तालीममा सहभागी विद्यार्थीले पनि कपाल काट्ने पेशालाई नै निरन्तर दिनुपर्नेमा नवराज भट्टराईले जोड दिए ।

तपाईको प्रतिक्रिया