
जिल्ला यूवा समिति काभ्रेको आयोजनामा काभ्रेको बनेपामा दुई दिने महिला आत्मरक्षा सम्बन्धी तालिम शुरु भएको छ । सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन, बागमतीमा यूवा सशक्तिकरण भन्ने मूला नाराको साथ देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको भन्दै जिल्लाको बनेपामा किशोरीहरुलाई तालिम शुक्रबार बाट सुरु भएको छ । तालिम दुई दिन सम्म चल्ने छ ।
तालिमको उद्धघाटन गदै जिल्ला समवन्य समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै महत्पूर्ण रहने बताए । ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने उनले बताए । हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानसिक एव शारीरिक हिसाबले तयार रहनका लागि तालिम महत्त्वपूर्ण हुने र अझ विद्यालयमा अध्ययरत छात्राका लागि यो तालिम झनै महत्पूर्ण रहने उनले बताए ।
तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिईने जिल्ला यूवा समितिका काभ्रेका अध्यक्ष प्रकाश थापाले जानकारी दिए । किशोरी, बालिका र महिला घरपरिवार, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित भएको रिर्पोटको आधारमा सुरक्षित बनाउनका लागि आत्मरक्षा विषयक तालिम हरेक वर्ष विद्यालयका विद्यार्थी दिईने गरेका थापाले जानकारी दिए । काभ्रे जिल्लामा हरेक वर्ष यस सस्थाले विद्यालयमा नै यस्ता खालका तालिम दिईरहेको बताए । यस तालिमबाट आफू कसरी सुरक्षित रहने र आफ्नो लागि कसरी आत्मरक्षा गर्ने सकिन्छ भन्ने कुरा तालिमको अवधीमा सिकाईने अध्यक्ष थापाले जानकारी दिए । छात्रालाई विद्यालयमा वा घरमा आउने बेलामा त्यस्ता घटना घट्न सक्ने भएकाले यो तालिम महत्वपूर्ण रहने उनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला यूवा समिति काभ्रेका सल्लाहकार रोशन पाण्डेले महिला हिंसा बढेको अवस्थामा महिलाले कसरी आफ्ना लागि आत्मरक्षा गर्न सकिन्छ र आफू कसरी सुरक्षित भईछ भन्ने तालिममा सिकाईने भएकाले यस तालिमबाट महिलालाई फाईदाजनक हुने बताए । ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न उक्त तालिमबाट दुइदिन सम्म आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन समेत पाण्डेले तालिममा सहभागिहरुलाई आग्रह गरेका थिए ।
आत्मरक्षा तालिममा जिल्लाको बिभिन्न पालिकाहरुको ३० जना किशोरीहरु सहभागी रहेको प्रशिक्षक रुपा थापा र निर्मला राउतले सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्ने लगायतका गतिविधि प्रशिक्षण दिइने र आफू केकसरी सुरक्षित भईने लगायतका विषयमा प्रयोगात्मक र फिजिक्ली तालिम दिईने जिल्ला यूवा समिति काभ्रेले जनाएको छ ।

तपाईको प्रतिक्रिया