बालबालिकाको उज्वल भविष्यको लागि आज बहस सँगै योजना निर्माण गर्नुपर्छ : नगरप्रमुख भण्डारी

पनौती-  बाल बालिकाको उज्वल भविष्यको लागि सरोकारवालाहरु एक जुट भएर बहस सँगै योजना निर्माण गर्नु पर्ने पनौति नगरपालिका का प्रमुख रामशरण भण्डारीले बताएका छन् । बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाको तेस्रो वार्षिक उत्सवको अवसरमा आयोजित बाल भेला सशक्तिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा पनौती नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष विनोद खत्रीले आफूहरुले आजको दिन लाई मात्र हेरेर काम नगरेको र अभिभावक, विद्यार्थी, बालक्लब, सरोकारवाला निकायहरु बसेर बाल बालिकाको सुन्दर भविष्यको लागि वडा स्तरले टोल टोल र घर घर परिवार परिवार पुगेर समन्वय गरिरहेको र यसको परिणाम तत्काल नदेखिए पनि दीर्घकालीन रूपमा स्थापित हुन सघाउ पुर्याउने गरी काम गरिरहेको बताएका छन् । उनले आज गरेको लगानी केवल लगानी मात्रै नभइ एक उन्नत दिगो प्रतिफल दिने विरुवाको रूपमा बालबालिकाको लगानी सम्झनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा पनौती ५ मा रहेका सम्पूर्ण विद्यालयहरू बाट विद्यार्थीहरू सहभागी थिए उनीहरूसँग आपसमा सरोकारवाला र उनीहरूको बुझाइको बीचमा प्यानल बनाएर आफ्नो आफ्नो बुझाइ धारणा राख्न बहस समेत चलाईएको थियो । उनीहरूले बाल बालिकाको भविष्यको लागि पहिलो पाइला घर दोस्रो पाइला विद्यालय तेस्रो पाइला वडा चौथो पाइला बाल क्लब र सञ्जाल र बाँकी पाइलहरुमा सरोकारवाला निकायहरु रहेको निष्कर्ष समेत निकालेका थिए । कार्यक्रम ०८१ असार १२ गते गरिएको थियो । सह आयोजक पनौती न.पा. वडा नं. ५ को कार्यालय रहेको कार्यक्रममा आयोजक काठमाण्डौ युनिर्भसिटि हाई स्कूल रहेको थियो ।

तपाईको प्रतिक्रिया