बेथानचोकको बजेटमा बुहारी छोरीलाई निशुल्क शिक्षा

बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ सालको निति तथा कार्यक्रम नयाँ भवनबाट प्रस्तुत गरेको छ । कार्यक्रममा पार्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीलाई स्नातक तहको शिक्षा नि:शुल्क शिक्षा घोषणा गरेको छ । अध्यक्ष भगवान अधिकारीले निती र कार्यक्रम तथा उपाध्यक्ष तारा रानाले बजेट सार्वजनिक गर्नुभयो । बेथानचोक गाउँपालिकामा रहेको एउटामात्र सामुदायिक क्याम्पस पार्वती बहुमुखी क्याम्पस लाई स्थापनादेखी नियमित अनुदान दिईरहेको गाउँपालिकाले अनुदानलाई निरंतरता दिदै यस बर्षदेखि छोरी बुहारिलाई स्नातक तहको अध्ययन शुल्क निशुल्क घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया