खानिखोला गाउँपालिकाको बजेट ४९ करोड ४३ लाख

 

जिल्लाको खानिखोला गाउँपालिकाले बजेट ४९ करोड ४३ लाखको बजेट ल्याएको छ । सोमबार खानीखोला गाउँपालिकाको १५ औँ गाउँसभा ८ औं बजेट कार्यक्रम गाऊँ सभामा नयाँ बजेट ल्याएको हो ।
खानिखोला गाउँपालिका सरकारले पालिका भित्रको २० जना सहिद परिवारलाई सम्मान संगै उत्कृष्ट कर्मचारी, स्वयंसेवीक , पनि सम्मान गरेको छ ।
जनयुद्धको क्रममा गाउँपालिकाबाट सहिद भएकाहरुको परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सहिद परिवारलाई सम्मान गरे संगै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले सहिदहरुको रगत बलिदानको कारणले यो व्यवस्था ल्याएको हो, उहाँहरुको परिवारलाई सम्मान गर्ने कुराले नै उहाँहरुप्रति उच्चा सम्मान गरेको अध्यक्ष थिङ्ले बताए । सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरेको हो ।
स्थानीय खरिद बिक्री केन्द्र, कफी उत्पादन कृषिमा जोड ,जसको उत्पादन उसैलाई अनुदान पालिकाले कफीमा अनुदान दिदैं आएको छ । खानिखोलामा मासिक १० हजार धार्नी खुवा उत्पादन हुन्छ । अब खुवामा पनि अनुदान दिने सरकारको नीति तथा कार्यक्रममा पास भएको अध्यक्ष थिङ्ले बताउनु भयो ।

तपाईको प्रतिक्रिया