काभ्रेको खानीखोला गाउँपालिकाको नक्सा सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा

काभ्रेको खानीखोला गाउँपालिकाको नक्सा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराउदै लेखा प्रमुख सिर्पाली

बनेपा –  काभ्रेको बिकट डाडापारी रहेका खानीखोला गाउँपालिकाको भौगोलिक नक्सा बिश्वको सार्वाेच्च शिखर सगरमाथाको चुचुरोमा फहराएकाछन् । रुकुम पश्चिम घर भई काभ्रेको खानीखोला गाउँपालिकामा लेखा प्रमुखकोरुपमा कार्यरत रहेका बम काजी सिर्पालीले जेष्ठ ६ गते बिहान सगरमाथाको सफल आरोहण गरिएको थियो । सगरमाथाको शिरमा पुगेर सिर्पालीले नेपालको राष्ट्रिय झण्डा र आफू कार्यरत रहेको पालिकाको नक्सा चुचुरोमा फरफराएका हुन् ।
शिखर सगरमाथाको शिर चुमेका सिर्पालीले ‘हामी पनि सक्छौँ’ भन्ने मुल उदेश्य सहित सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक रूपमा पछाडी परेको वा अझ भनौँ पारिएको समुदायको एक पात्रको रूपमा मैले प्रतिनिधित्व गर्दै संविधानले नै जातिय रूपमा छुवाछुत जघन्य अपराधको रूपमा स्वीकार गरेको परिपेक्ष्यमा सबै धर्म, जातजाति, बर्ग, लिङ्ग तथा समुदाय सबै समान हुन भन्ने मुल सन्देश सहित सर्वाेच्च शिखर सगरमाथा चड्ने निधो गरेको उनले काभ्रे हेडलाईन संग बताए । नेपालको निजामती कर्मचारीकै रूपमा धेरै शिखर आरोहण गर्ने पहिलो आरोही भएको सिर्पालीको दावी छ ।
एक पटक फेरि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपुर्ण, जोखिमको सँगसँगै गौरवमय इतिहासका साथ अबिस्मरणीय यात्रामा बनाउन कठिनपुर्ण ठुलो निर्णय लिएकोमा यसले सार्थकता पाएकोमा उनले बताए ।


काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा नायब सुब्बाको रूपमा कार्यरत बमबहादुर सिर्पालीले यस अघि सात महादेशको उच्च शिखर मध्येको दु्ई वटा दक्षिण अमेरिकाको एकान्कागुवा र अफ्रिकी मुलुकको सर्वोच्च शिखर किलिमन्जरोमा सफल आरोहण गरेर निजामती तर्फ कीर्तिमानी रचेका थिए । किलिमन्जरोमा तान्जनियाको स्थानीय समय अनुसार २७ सेप्टेम्बर २०२३ को बिहान ६ बजेर १८ मिनेट मा आरोहण गर्न सफल भएका थिए भने एकान्कागुवा ६ हजार ९ सय ६२ मिटरमा अर्जेन्टिनाको स्थानीय समय अनुसार १३ फेब्रुअरी २०२४ विहान ९.५९ बजे सफल आरोहण गरेका थिए ।
उनले त्यस अघि नै नेपालको किलर माउन्टेनको रूपमा परिचित मनास्लु हिमाल ८ हजार १ सय ६३ मिटरमा २०७६ असोज ०६ गते आरोहण गरेका थिए । उनको उक्त आरोहणले पनि निजामती कर्मचारीको रूपमा पहिलो आरोहीको रुपमा चिनिएका थिए । यस्तै बम बहादुरले नेपालको लोबुचे पिक ६ हजार १ सय १९ मिटरमा २०७८ बैशाख ११ गते आरोहण गरेका थिए ।

तपाईको प्रतिक्रिया