काभ्रेमा एक महिने कुक, हाउस किपिङ र वेटर तालिम सुरु

जिल्ला युवा समिति मार्फत काभ्रे जिल्लामा बागमती प्रदेश युवा परिषदको आयोजनामा एक महिने कुक, हाउस किपिङ र वेटर तालिम सुरु गरिएको छ । इनोभेटिभ हस्पिलाटि तालिम सेन्टरमा कुक तालिम संचालन हुने छ भने काभ्रे एकेडेमी आफ टुरिजम एण्ड होटल म्यानेजमेन्टमा तालिम सेन्टरमा हाउस किपिङ र वेटरको तालिम संचालन हुनेछ । होटल सम्बन्धि हुने तालिमहरु सबै निःशुल्क रहने जिल्ला युवा समिति काभ्रेले जनाएको छ । तालिम १ सय ६० घण्टा सम्म संचालन हुने काभ्रे एकेडेमी आफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका संचालक मोहन गजुरेलले बताए ।

तालिमको औपचारिक उद्घाटन काभ्रे एकेडेमी आफ टुरिजम एण्ड होटल म्यानेजमेन्टमा बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख अथित्यमा  भएको थियो ।
ब्रिलियन्ट मेनपावर टे«निङ सेन्टरका कार्यकारी निर्देशक कलानिधि ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, पत्रकार महासंघ बागमती प्रदेश सदस्य पेमा लामा, जिल्ला युवा समिति प्रतिनिधि अञ्जली तामाङ, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, पत्रकार मणिराम दाहाल, बिकास तिमल्सिना र सुपरनोभा तालिम केन्द्रका संस्थापक एवं ग्लोवल नेपालिज सेफ फेडेरेशनका केन्द्रिय महासचिव मोहन गजुरेल लगायतको उपस्थिती रहेको थियो ।

इनोभेटिभ हस्पिलाटि तालिम केन्द्रमा भएको कुक तालिमको औपचारिक उद्घाटन कार्यक्रम ब्रिलियन्ट मेनपावर टे«निङ सेन्टरका कार्यकारी निर्देशक कलानिधि ज्ञवालीको सभापतित्वमा जिल्ला युवा समिति काभ्रेका सदस्य सुरेन शाहको प्रमुख अथित्यमा भएको थियो । कार्यक्रममा  ब्रिलियन्ट मेनपावर टे«निङ सेन्टरका तालिम संयोज प्रेम तामाङ, पत्रकारहरु पेमा लामा, ज्योती श्रेष्ठ, बिपश्न शाक्य लगायतको उपस्थितिरहेका थिए । कुक, हाउस किपिङ र वेटर तालिमका २०,२० जनाको सहभागि रहेको जिल्ला युवा समिति काभ्रेका प्रतिनिधि अन्जली लामाले बताईन् ।

तपाईको प्रतिक्रिया