
खशी चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ८ नयाँ बस्ती बस्ने बर्ष ५७ को जुजुकाजी सिफरलाई खशी चोरी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार मिति २०८१ जेठ ८ गते दिउँसो ३ बजेको समयमा भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ८ स्थित अस्थाई प्रहरी पोष्ट आशापुरीबाट खटिएको प्रहरी गस्ती टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा काभ्रेपलाञ्चोकबाट आशापुरी तर्फ जाँदै गरेको बा.७० प. ६५२५ नम्बरको स्कुटर रोकी चेक जाँच गर्दा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ नयाँ बस्ती बस्ने बर्ष ५७ को जुजुकाजी सिफरले उक्त स्कुटरमा सेतो रंगको खसी राखी ल्याएको देखी सोध पुछ गर्दा उक्त खसी काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्वर ३ तिनखुट्टे स्थित बस्ने रुद्र प्रसाद सापकोटाको घर गोठमा बाँधि राखेको भेटिएपछि उनी पक्राउ परेको बताएको छ ।
उनले खशी चोरी गरी ल्याएको बुझिएकोले नियन्त्रणमा लिई ९ गते चोरी कुसुरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान गरिरहेको बताइएको छ । पक्राउ परेका सिफरबाट प्रहरीले बा.७० प. ६५२५ नम्बरको स्कुटर थान–१, ३८ के.जि.को सेतो रङ्गको खसी एक वटा बरामद गरेको छ । प्रहरीले अरु कोही कसैको खसी बोकाहरु हराएको र निज ब्यक्तिले चोरी गरेको शंका लागेमा निजलाई पहिचान गर्न सक्ने कोही पीडित भए इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आब्हान गरेको छ ।

तपाईको प्रतिक्रिया