नयाँ बर्षमा जाने हैन त घुम्नलाई दोलालघाट

भुम्लु÷काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय क्षेत्र दोलालघाटमा नयाँ बर्ष २०८१ को अवसरमा चौथो दोलालघाट महोत्सव हुने भएको छ ।
भुम्लु गाउँपालिकामा अवस्थित दोलालघाट क्षेत्रको विकासमा थप टेवा पु¥याउने उदेश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठले स्थानीय, प्रदेश र संघ सरकारको ध्यानाकर्षण समेत गराउने उदेश्यले महोत्सव आयोजना गरेको जानकारी दिनुभयो ।
‘प्राकृतिक, सांस्कृतिक, कृषि र ब्यापार–दोलालघाट पर्यटन प्रर्वद्धन विकासको आधार’ भन्ने मुल नारा सहित २०८० चैत्र २९ देखि चौथो दोलालघाट महोत्सव हुने भएको छ । महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले गर्ने कार्यतालिका रहेको श्रेष्ठले उल्लेख गर्नुभयो ।
दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव, दोलालघाट उद्योग बाणिज्य संघ, समृद्ध दोलालघाट टोल विकास समिति, दोलालघाट बन्देउ विकास तथा सुधार समितिले आयोजना गरेको दोलालघाट महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, सूनकोशी तथा इन्द्रावतीका लोकल माछाका परिकारहरु उपलब्ध हुने उहाँले उल्लेख गर्नुभयो ।
ढुङ्गे सेकुवाका परिकारहरु, काठे डुंगा संचालन, बाल उद्यान रमाईलो मेला (रोटेपिङ्ग, कोलम्वस, हात्तिघोडा, ड्रागन रेल, मिकिमाउस, फिरफिरे रेफ, जम्पिङ), स्थानीय परिकार सहितका चमेना गृह, ¥याफटिङ्ग (बोटिङ्ग), स्वास्थ्य शिविर, धार्मिक स्थलहरुको प्रचार प्रसार, कृषि प्रर्दशनीका स्टलहरु रहनेछन् ।
नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधिन बुद्धपार्क तथा भ्यू टावरको अवलोकन, भुम्लु गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, टिकटक जोन र विच भलिबल लगायतका कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम छ ।
पुर्व मन्त्री एवं सोहि निर्वाचन क्षेत्रका सांसद गोकुल बास्कोटा वैशाख १ गते महोत्सवमा सहभागी हुने तथा प्रदेश मन्त्री लक्ष्मण लम्साल समापन कार्यक्रममा सहभागी हुनेछन ।
सरोज लामिछाने, नवराज घोरसाईने, भोजराज काफ्ले, दुर्गेश थापा, रमेश प्रसाई, विश्व दोङ, उर्गेन दोङ, कल्पना दाहाल, टिका प्रसाई, अभिषेक लामा, साहिमा श्रेष्ठ, विनोद लामा, मञ्जु गौतम, सरु गौतम, राजेश ढकालको प्रस्तुती महोत्सवमा रहनेछ । साथै महोत्सवमा नयाँ वर्ष विशेष कार्यक्रम चैत्र ३० गते लाइभ म्युजिक कार्यक्रम हुनेछ । महोत्सवमा नृत्य प्रतियोगिता पनि आयोजना गर्ने तयारी आयोजकको छ ।

तपाईको प्रतिक्रिया