काभ्रेमा बढ्दो लागुऔषध प्रयोगकर्ताको ग्राफ, जिल्ला प्रशासनले थाल्यो कम गर्न अभियान

बनेपा÷बढ्दो सहकरीणसँगै काभ्रेमा लागुऔषध प्रयोगकर्ताको ग्राफ बढ्दो क्रममा देखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले नौ महिनाको अवधिमा लागूऔषध मुद्दामा ३२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये १२ जना १८ देखि २५ वर्ष, १५ जना २६ देखि ३५ वर्ष, २ जना ३६ देखि ४५ वर्ष र ३ जना ५९ भन्दा माथि उमेर समूहका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार युवा पिढमा यो समस्या बढ्दो क्रममा देखिएको छ । प्रहरीले पक्राउ पर्नेमा युवा उमेर समूहका धेरै देखिएकाले यसको रोकथामका लागि युवा लक्षित सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिएको छ ।
काभ्रेमा ग्राफ बढेसँगै प्रहरी प्रशासनले त्यसको नियन्त्रणका लागि प्रयास थालेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले लागूऔषधको प्रयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण कसरी गर्न सकिन्छ भनेर योजना बनाएको छ ।
काभ्रेबाट यसै आर्थिक वर्षमा ३ सय २५ किलो ६९० ग्राम गाँजा, ३८ ग्राम खैरो हिरोइनजस्ता लागूपद्धार्थ प्रहरीले बरामद गरेको, लागूऔषध मुद्दामा ३२ जना पक्राउ गरेको, निषेधित र नियन्त्रित लागूऔषध कारोबार, औषधि वितरण तथा अनुगमन, लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बारेमा जानकारी गराइएको थियो ।
लागूऔषध प्रयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा सञ्चालित औषधि पसल, पुनःस्थापना केन्द्र, लागूऔषध कारोबार हुने शंकास्पद क्षेत्रहरुमा नियमित अनुगमन गर्नुको साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले विशेष गरेर युवा उमेरलाई लक्षित गरी जिल्लास्थित १३ वटै स्थानीय तहमा यस विषयसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । जसका लागि स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य र समन्वय जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया