डोल्पामा सामुदायिक वनमा डढेलो

 

डोल्पा २५ चैत्र

हिमाली जिल्ला डोल्पामा नेपाली सेनाले लगाएको आगोले एक सामुदायिक वन सखाप भएको छ ।

ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा भवानी सामुदायिक वन सेनाले लगाएको आगो सल्किएर सखाप भएको हो ।

सदरमुकाम दुनैमा रहेको नन्द बक्स गुल्म भदालेका सैनिक जवानहरुले ब्यारेक आसपासको फोहोर व्यवस्थापन गर्न लगाएको आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको हो ।

आइतबार दिउसो सेनाले ब्यारेक सरसफाइ गर्ने क्रममा लगाएको आगो वनमा फैलिएको र त्यसबाट रुखविरुवा जलेर नष्ट भएको स्थानीय बिर्ख बहादुर रोकायले जानकारी दिए ।

हावाहुरी लाग्ने समयमा दिउसो आगो लगाएर सेनाले सामुदायिक वनको ठुलो क्षति गरेको रोकायको भनाइ छ ।

यता डिभिजन वन कार्यालय डोल्पाका वन अधिकृत मुन रावतले आगलागी कसले गर्यो भन्ने बिषयमा अनुसन्धान भइरहको बताए  ।

सेना,प्रहरी,वनका कर्मचारी र स्थानीयको प्रयासबाट आगलागी नियन्त्रणमा आइसकेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया