चौकोटको श्वेत गणेश विद्यालय बाट मावि तहसम्म पढाइ हुँदै


काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ मा रहेको श्वेत गणेश विद्यालय लाई माविको रूपमा स्थापित गरिएको छ । २०२३ सालमा आधारभूत विद्यालयको रूपमा स्थापित विद्यालय लाई सामाजिक आबस्यकता र सहर र गाउँ दुवै बाट दुवै क्षेत्र बाट विद्यार्थीहरू लाई केन्द्र हुने भएकोले यसलाई मावि बनाउन ०७४ सालदेखि पहल गरिँदै आएको थियो । आज आइबार विद्यालयको ५८ औँ वार्षिकोत्सवको अवसर पारी श्वेत गणेश विद्यालयबाट अब मावि तह सम्मको अध्यापन हुने घोषणा गरिएको छ । विद्यालयका प्रधानाध्यापक इन्द्रलाल मानन्धरले हालको विद्यालयको अवस्था बारे जानकारी दिँदै ८ कक्षा सम्म अध्यापन गराउँदै आएको र आईसीडी कक्षामा समेत ८५ जना बालबालिका राखेर पूर्व तयारी कक्षा बाल कक्षाहरू सञ्चल गर्दै आएको र १ देखि ८ सम्म अङ्ग्रेजी माध्यम बाट विद्यार्थीहरू लाई पढाइ हुँदै आएको बताउँदै । अब यस विद्यालयले माविको मान्यता प्राप्त भए सँगै सबै मिलेर भर्ना अभियान, शैक्षिक गुणस्तर,भौतिक संरचना लगायत विविध कुरामा सबै सरोकारवाला पक्षहरुले सहयोग गर्न अपील समेत गरेका छन् । उनले विद्यालयलाई गुणस्तरको रूपमा माथि उकास्न विषयगत दक्षताका शिक्षकहरू र तालिमहरु लिने दिने लगायत विविध विषयमा आफ्नो र अन्य सबै शिक्षक अभिभाबक जनप्रतिनिधि र विद्यार्थीको समेत साथ र सुझाव दिन अपिल गरेका छन् । मानन्धरले माध्यामिक विद्यालयको रूपमा अध्यापन गराउन सबै भौतिक संरचना तयार गरिरहेको र थप्दै जाने र एक हिसाबले सबै कुरामा विद्यालय तयार रहेको बताए । उनले निकट भविष्यमै विद्यालयले यातायात असुविधा चिर्न सके विद्यार्थीको संख्यामा समेत वृद्धि गर्न सकिने बताए । उनले विविध चुनौतीहरूलाई सबै मिलेर सामना गर्नुको विकल्प नभएको बताए । सोही अवसरमा विद्यालयका संस्थापक प्रध्यानाध्यापक रामप्रसाद अधिकारीलाई सम्मान सम्मान समेत गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले विद्यालयको वाषिर्कोत्सवको अवसरमा विद्यालयलाई मावि तहसम्म अध्यापन गराउने अनुमति पाउनु महत्वपूर्ण गिफ्ट भएको बताउँदै विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेर रेकर्ड राखेको आफूले हेर्न चाहेको बताए । विशिष्ट अतिथि पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले आफूहरुले ०७४ देखि नै यस विद्यालयलाई माविमा रूपान्तरण गरी आगाडी बढाउनु पर्ने भन्दै पहल गर्दै सपना बुनेका र त्यो आज पूरा भएको बताउँदै यस विद्यालयलाई शिक्षक गुणस्तरको हिसाबले चिनाउन आफूहरुको भूमिका कहाँ के गर्नुपर्छ सहयोग गर्न सदैव तयार रहेको बताउँदै सामाजिक काम गर्न र सामूहिक एकताको भावले पवित्र मन लिएर गरिएको काम सदैव उक्तृष्ठ हुने बताइन् । मानव कल्याण समाजकी सुमित्रा चौलागाई, आफूहरुले यस विद्यालयलाई जुनसुकै तबरबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा पनौती ५ का वडा अध्यक्ष विनोद खत्रीले सरकारी विद्यालय र निजी विद्यालयको आँखालाई अभिभाबक स्तर बाट , शिक्षक , जनप्रतिनिधि र सबै सरोकारवाला पक्षहरुले विभेदको दृष्टि हटाउनु पर्ने बताए । उनले आज जतिपनि प्रतिस्पर्धाको युग आएको भन्दै ज्ञान सीपको अभाव र अशिक्षित समाजले गरिबी र बेरोजगार बढाउने भन्दै देशको सबै पक्षलाई घाटा हुने भएकोले शिक्षा पहिलो प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने परिस्थीती आएको बताए । अध्यक्ष्य खत्रीले वडाको बजेट बरु बाटोको बजेट कम गर्ने तर विद्यालय र गुणस्तर वृद्धि गराउन आफूले डटेर लाग्ने र सोही प्रकृतिको बजेट तयार गर्ने उद्घोष गरेका छन् । उनले आजको बालक भोलिको देशको भबिस्य भएको भन्दै गुणस्तरीय शिक्षा दिनु भनेको देशको विकास दिगो रूपमा विकास हुनु भएको बताउँदै । विद्यालयको हरेक गतिविधिलाई नियालेर समस्या पहिचान गर्न र सामना गर्न सबैलाई अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया