सहकारी दिवसमा काभ्रेमा लोकगित प्रतियोगिता

बनेपा । नेपालमै उत्कृष्ट कार्य गरेवापत पटक पटक सम्मानित भएको जिल्ला सहकारी सघ काभ्रेले ६७ औं सहकारी दिवसको अवसरमा मंगलबार जिल्ला स्तरीय लोक गित प्रतियोगिताको तयारी पूरा गरेको छ ।
सघका अध्यक्ष दिलिप शर्माका अनुसार सहकारीको सन्देशमुलक लोकगित प्रतियोगिताले जिल्लामा थप सन्देश प्रवाह गर्ने जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लामा रहेका ३० वटा सहकारीको सहभागिता सुनिस्चित भएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताले सहकारीमा भएको भ्रम चिर्न सहयोग मिल्ने उल्लेख गर्नुभयो । जिल्लामा रहेको प्रतिभा बाहिर आउने सहकारी दिवस भव्य रुपमा सम्पन्न हुने र नेपालमै सन्देश जाने अपेक्षा लिएको छ । प्रतियोगितामा उत्कृष्ट टिमले नगद पुरस्कार पाउनेछ्न ।

तपाईको प्रतिक्रिया