कपिलवस्तुका वडाअध्यक्ष १५ हजार घुस सहित पक्राउ

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको कार्यालयले कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष उजेर अलीलाई घुस सहित पक्राउ गरेको छ ।

अख्तियारले वडाअध्यक्षले सेवाग्राहीसगँ जग्गा बाटो सिफारिसको लागि माग गरेको १५ हजार रुपैयाँ घुस लिदै गर्दा वडा कार्यालय क्षेत्र गैडहवाबाट रंगेहात पक्राउ गरेको स्थानीय स्रोतले जनाएको छ । यद्यपी अख्तियारको बुटवल कार्यालयले घटनाबारे कुनै जानकारी नभएको दावी गरेको छ ।

‘अख्तियारले वडाअध्यक्षलाई नियन्त्रणमा लिएको सुनेको कुरा सही हो’ महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले भने ।

तपाईको प्रतिक्रिया