बनेपा÷बल्लो कोठामा बस्ने युवाले पल्लो कोठामा बस्ने बृद्धको हत्या गरेका छन् । सुन्दा पनि अचम्म लाग्ने यो घटना काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा डेरा गरी बस्नेको हो । ८३ बर्षको लक्ष्मी तामाङलाई हत्या गरेको आरोपमा प्रहरीले बर्ष २९ को अभिषेक आचार्जुलाई पक्राउ गरेको छ । फागुन १८ गते दिउँसो एक बजेको समयमा तामाङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिईन् ।
मृतकले लगाएको कानको सुनको रिङ नभएको खबर सुन्ने वितिक्कै ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले अनुशन्धान थालेको हो । बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिदै डिएसपी लालध्वज सुवेदीले प्रारम्भिक रुपमा शवको प्रकृति शकास्पद देखिएको, मुखबाट रगत बगेको, घाँटी ल¥याक लुरुङ देखिएपछि आनुशन्धान अघि बढाएको थियो ।
मृतक लक्ष्मी तामाङ बिगत १ बर्ष देखि बसन्त श्रेष्ठको घरको भुईतलामा एक्लै डेराकोठा लिई बस्दै आउनु भएके थियो । सोही घरको भुईतलामा एक अ।२८।२९ वर्षको एक युवक बिगत ३र४ बर्षदेखि मृतक लक्ष्मी तामाङको कोठासँगै रहेको अर्को कोठामा एक्लै बस्दै आएका थिए । सो सो युवक लागू औषध सेवनकर्ता रहेको र घर परिवारबाट अगल बस्ने गरेको थाहा पाएपछि प्रहरी चनाखो बनेको थियो ।
सो युवकले निज लक्ष्मी तामाङसंग रातको समयमा पानी, खाने कुरा समेत माग्नुका साथै धम्काउने समेतको क्रियाकलाप गर्ने गरेको, आफुलाई असुरक्षित महशुस भएको भनि आफ्नो छोराछोरीलाइ बताएको भनि खुल्न आएपछि प्रहरी अनुृशन्धानमा नजिक पुगेको थियो ।
घटना पश्चात उक्त युवक कोठामा आउन छोडेको, निजको गतिविधिहरु शंकास्पद पाईनुका साथै निजको साथीहरुसंग बुझ्दा वारदात पश्चात पैसा धेरै खर्च गर्ने गरेको र ऋण समेत तिरेको भन्ने बुझिन आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सन्तोष कुमार आचार्जुको छोरा जिल्ला सुनसरी धरान उ।म।न।पा।वडा नं।८ मा घर भइ हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा न।पा।वडा नं।१३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा डेराकोठा लिई बस्ने बर्ष २९ को अभिषेक आचार्जुलाई पक्राउ गरेको छ । निजला गतेका दिन पक्राउ गरी सोधपुछ गर्दा मिति २०८०र१२र१७ गतेका दिन बिहान मृतकको कोठामा छिरी सुतेको अवस्थामा फेला पारी घुडाँले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटी लिई गएको भनि स्विकार गरेको जनाएको छ ।मिति २०८०र११र१७ गतेका दिन लुटी लिई गएको कानमा लगाउने सुनको रिङ बनेपा न।पा।वडा नं।८ चारदोबाटो स्थितमा रहेको बिबेक रत्न सुनचाँदी पसलमा लिई गई धितो राखी जम्मा नगद रु। रु।३६,०००र(९अक्षररुपी छत्तिस हजार० लिएको भनि बताएको ।छ । मिति २०८०र१२र१३ गतेका दिन पक्राउ परेका प्रतिवादी अभिषेक आचार्जुलाई सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन(५ को म्याद थप भई अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया