मण्डनदेउपुर नगरपालिका वडा नम्वर १२ ज्याम्दी रामपुरमा खुकुरी प्रहार गरिएको छ । वडा सदस्य दिपक ठकुरीले सल्लाह छ आउनु भन्दै बोलाएका युवा अजय तामाङलाई ठकुरीका दुईवटा भाईहरु निराजन र जस्मिन ठकुरीले खुकुरी प्रहार गरेका हुन् । फागु पुर्णिमाको दिन दिउसो स्थानीय युवाहरु एक अर्का बीच आरोप प्रत्यारोपमा थिए । सामान्य विवाद हुँदै जाँदा हरि लामा घाईते भएका थिए । सोहि विषयमा छलफल गर्न भन्दै वडा सदस्य दिपक ठकुरीले सोहि वडाका युवा ३२ बर्षिय अजय तामाङलाई आफ्नै घरमा बोलाएका थिए । वडा सदस्यले छलफल जरुरी भन्दै बोलाइ पछि उनी गएका थिए । सोहि क्रममा फेरी सामान्य विवाद हुँदै थियो । अजय तामाङलाई दिपकका भाईहरु निराजन र जस्मिनले समाए राति ९ बजे तिर खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहारबाट अजय सख्त घाईते उनको टाउको, तिघ्रा र गालाहरुमा गहिरो चोट छ । अजयको धुलिखेल अस्पताल उपचार भईरहेको छ ।
प्रहरीले सोमबार विहान निराजन र जस्मिनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया