चलायमान अखिल,आईडिया बैंकदेखि निशुल्क ट्युशनसम्म

बनेपा÷नेपाल कम्युनिस्ट पार्टी(एमाले) को भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भने निक्कै चलायमान देखिएको छ ।
काभ्रेपलाञ्चोकका १३ वटा नै पालिकामा माध्यामिक विद्यालयमा कमिटी बनाएर हरेक कमिटीले रचानात्मक कृयाकलाप संचालन गर्दै आम विद्यार्थीमाझ अनेरास्ववियुलाई पु¥याएको अखिल काभ्रे उत्कृष्ट फर्ममा देखिएको छ ।
निशुल्क शिक्षाको माग राख्दै सर्वाेच्च अदालतमा रिट राखेर काभ्रे अखिलले आफ्नो योग्यता सार्वजनिक गरिसकेको छ ।
माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्न माग गर्दै अनेरास्ववियु काभ्रेले फागुन ३ गते सवोच्चमा निवेदन दर्ता गरेको थियो । त्यसको भोलिपल्ट फागुन ४ गते सवोच्चले विपक्षीको नाममा कारणदेखाउ आदेश दिँदै उक्त मुद्धालाई अग्राधिकार प्रदान गरिएको छ ।
जिल्ला अध्यक्ष मिलन गौतम विद्यार्थीको हक हितका लागि काम गर्ने संस्था भएकाले अखिल काभ्रे रचनात्मक कार्यमा अघि बढेको उल्लेख गर्नुहुन्छ । त्योमध्येको एक कार्य आईडिया बैंकपनि हो ।
स्वदेशमा के के गर्न सकिन्छ भनेर उद्यमसँग विद्यार्थीलाई जोड्ने अभियानको रुपमा सो बैंकलाई लिएको छ । दृष्टिकोण र विचारलाई लिएर कार्यान्वयन गर्ने बिषय यसमा पर्ने गौतमले उल्लेख गर्नुभयो ।
उच्च शिक्षाका लागि भन्दै विद्यार्थी विदेश जान थालेपछि अनेरास्ववियुले देशमा नै रोजगारी सिर्जना गर्ने योजनाका साथ नयाँ कार्यक्रम अघि बढाएको हो । त्यसका लागि अनेरास्ववियु काभ्रेले जिल्लामै पहिलो पटक विद्यार्थी महोत्सव आयोजना समेत गर्दैछ ।
लेखा बिषय अध्ययन गर्ने विद्यार्थीको मागलाई ध्यानमा राखेर धुलिखेलमा निशुल्क ट्युशन समेत सुरु गरेको गौतमले जानकारी दिए । पातलेखेतमा आगामी चैत्र २४ र २५ गते अनेरास्ववियु काभ्रेले महिला भेलाको समेत आयोजना गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया