बढ्दो बेरोजगार रोक्नको लागि सरकारले कुनै कडिमा पनि काम गर्नु पर्ने देखिन्छ । पछिल्लो समय देशमा बेरोजगार संख्य बृद्धि भएता पनि केन्द्र सरकार देखि स्थानिय सरकारहरु जिम्मेवार बन्न सकिरहेका देखिदैन । शैक्षिक बेरोजगार देखि सामान्य बेरोजगारहरुको संख्य कम गराउनको लागि सरकार जिम्मेवार बन्न जरुरत देखिन्छ ।
तीन तहको सरकारहरुले रोजगारको नाममा बिभिन्न कार्यक्रमहरु ल्याएतापनि प्रभावकारी बनाउन सकिरहेका छैनन् । सरकारले ल्याएका कार्यक्रम बजेट सकाउने बाहेक कागजात मिलाउने काममा सरकारकै जिम्मेवार निकायहरु लागि परेकाछन् । त्यस्ता कामहरुको निगरानी गर्ने निकायहरु समेत फितलो भएका कारण सरकारले आपेक्ष अनुसारको काम गर्न सकिरहेका छैनन् । देशमा बेरोजगार काम गराउने र रोजगार बनाउनको लागि मुख्य सरकारले ल्याउने बजेट देखि कार्यक्रमहरु जिम्मेवार देखिन्छ । सरकारले नै युवा शक्ति लाई प्रयोग गर्न सकिएन भने ल्याएका बिभिन्न कार्यक्रमहरु फितलो र सम्पन्न हुनको लागि कठिन देखिन्छ ।
स्थानिय तहमा हुने बिभिन्न कार्यक्रमहरु मार्फत अंसिकरुपमा समेत रोजगार बन्न नसकेका कारण युवाहरुमा बितृस्ना हुदै राजनितिकरुपमा चासो समेत कम लिन थालिएका देखिन्छ । सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुमा समेत सबै क्षेत्र पक्षहरुमा समेटिनु भन्दा पनि आसेपासे नजिककाहरुले फईदा लिने काम भएका भन्दै पछिल्लो समय युवाहरु सरकार संग नजिक हुन सकिरहेका देखिदैन । आम रुपमा समाजमा रहेका सबै बर्ग क्षेत्रहरुमा रहेका बेरोजगारहरुलाई तीन तहको सरकारले प्रभावकारी रुपमा कार्यक्रमहरु ल्याउन सक्नु पर्छ । युवाहरु रोजगार बनाउदै भएका भ्रष्टचारका कार्यहरु लाई रोक्न सबै सरोकारहरुले ध्यान दिन जरुरत छ । तीन तहका सरकारहरुले बढ्दो बेरोजगार संख्यलाई कम गराउनको लागि ध्यान दिन र युवा जन शक्तिलाई रोजगारमा बृद्धि गर्न जोड् दिनु पर्छ ।
तपाईको प्रतिक्रिया