विद्या सागरका विद्यार्थीले सार्वजनिक गरे ग्रिन बनेपाको चित्र

 

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको प्रतिष्ठित विद्यालय विद्या सागर इङ्गिस सेकेण्डरी स्कुलका विद्यार्थीले शैक्षिक प्रर्दशनीको क्रममा बनेपाको नक्सा तयार पारेका छन् ।
१४ वडामा फैलिएको बनेपा नगरपालिकाको सबै वडा, राजमार्ग, नदी, बन समेटेर तयार पारको नक्सा निक्कै आकर्षक छ । त्यसले बनेपाको सौन्र्दयतालाई समेत चिनाउन मद्धत गरिरहको देखिन्छ । २८ औं अभिभावक दिवस शैक्षिक प्रदर्शनीसँगै फुड फनको मञ्जा लिन पाईने कार्यक्रमको पहिलो दिन प्रमुख अतिथी हुनुहुन्थ्यो बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य ।


आफूहरुले बनाएको ग्रिन सिटीको नक्सा जोगाउँदै बनेपा कै मेयर शान्तिरत्न शाक्यलाई विद्यार्थीले भने हरित र सफा बनेपा निर्माण गर्न सकिन्छ नि ? उनीहरुले आफ्नै विद्यालयसँगै बग्ने पुण्यमाता खोलालाई समेत सफा बनाउन सकिने अवधारणा प्रस्तुत गरे ।


सोही विद्यालयको कक्षा १० मा अध्ययरत सफलता महत, नौ मा अध्ययरत रिजल श्रेष्ठ र कक्षा आठका अनुरागी श्रेष्ठ र प्रेमिषा सिग्देलको समुहले सो नक्सा तयार पारेको थियो । उनीहरुले अरनिको राजमार्गमा आकाशे पुल राख्न सकिने सम्भावना समेत मेयर शाक्यलाई प्रस्तुत गरे ।
शैक्षिक प्रर्दशनीको क्रममा विद्यालयले गेटमा डाइनोसरको विशाल आकृति निर्माण गरिएको छ । त्यससँगै विभिन्न विधामा रुची राख्ने विद्यार्थीले आफ्नो क्षमतलाई त्यहाँ राखेर प्रदर्शनी गरिएको छ । साहित्यकारसँगै पुस्तकमा आफूले पढेका लेखकको स्केच तयार पारेर उनीहरुको बारेमा संक्षिप्त विवरण समेत विद्यार्थीले प्रस्तुत गरेका छन् ।

प्रर्दशनीका क्रममा दुना टपरी गास्ने,आफ्नो फाँटेको लुगा सिलाउने, बत्ति बनाउने काम विद्यार्थीले गरिरहेका छन् । त्यतीमात्रै नभएर अचारसँगै दैनिक जीवनमा आवश्यक पर्ने कुराहरु विद्यार्थीहरुले बनारहेका छन् । त्यस्तै खानाका परिकार समेत सो अवसरमा राखिएका छन् ।
शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै मेयर शाक्यले सुरुदेखि अन्त्यसम्म नै प्रदर्शनीमा फरकपन पाएको बताउनुभयो । उहाँले विद्या सागरका कार्यलाई अरु विद्यालयले पनि अनुशरण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले दुई दिनसट्टा चार दिनसम्म प्रदर्शनीलाई चलाएर बनेपाभित्रका सबै विद्यालयलाई अवलोकनका लागि आमन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । विद्या सागरमा पढाउने अभिभावकले आफ्ना छोराछोरीलाई सही ठाउँमा पठाएकोमा धन्यवाद समेत दिनुभयो ।
उहाँले विद्यार्थीले तयार पारेको ग्रिन सिटीको अवधारणालाई पुरा गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले जय बनेपाको नारा आफूले बनेपाको समग्र विकासका लागि सहयोगसिद्ध होस भनेर लगाएको उल्लेख गर्नुभयो ।
जीवन जीउन सिकाई दिनुहोस् ः शाक्य
शैक्षिक प्रदर्शनीमै आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले विद्यार्थीलाई जीवन जीउन सिकाउन शिक्षकहरुलाई अनुरोध गर्नुभएको छ ।

उहाँले विद्यार्थीलाई भाडा माझ्न, खान पकाउन, सडक सफा गर्न, खोला र ढलसमेत सफा गर्न सिकायो भने मात्रै सफल हुने धारणा राख्नुभयो । विद्यार्थीले कुनै पनि काम गर्न नलजाओस् भन्ने शिक्षा नै अहिलेको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।
विद्या सागर सामुहिक कुरामा विश्वास राख्छ ः हिरा शर्मा


विद्या सागर इङ्गिस सेकेण्डरी स्कुलका प्रिन्सिपल हिरा शर्मा नेपालले विद्यार्थीको प्रस्तुतीको जस सामुहिक प्रयासबाट मात्रै संम्भव भएको बताउनुभयो । उहाँले २८ बर्षसम्मको यात्रा सबैको साझा प्रतिबद्धताबाट पुरा भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई जीउन सिक्ने कला दिने प्रयास गरेको बताउनुभयो । आगामी बर्षदेखि विद्यार्थीका लागि पाक कला अर्थात खाना कसरी बनाउने भन्ने पाठ सिकाउने बताउनुभयो । सो प्रदर्शनी दुई दिनसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया