रोशी २ का नागकिरलाई घरबास सञ्चालन सम्बन्धी तालिम


रोशी । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. २ का स्थानीइबासिन्दालाई पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले घरबास सम्बन्धी तालिम प्रदान गरिएको छ ।
राष्ट्रिय युवा परिषद् भक्तपुरको आर्थिक सहयोग तथा एकीकृत समाज विकास नेताप ललितपुरको आयोजनामा यहाँका युवाहरुलाई कृषि पर्यटन प्रवद्र्धन सम्बन्धी तालिम प्रदान गरेको हो । पाँच दिनसम्म सञ्चालन भएको तालिममा त्यहाँ स्थानीय १३ जना युवाहरुको सहभागिता रहेको थियो । कृषि पर्यटन, पर्यावरण पर्यटन, धार्मिक पर्यटनका साथै प्रँकृतिक दृष्टिकोणले समेत भरिपूर्ण रहेको रोशीको २ नं. क्षेत्रलाई विकास गर्ने उद्धेश्यले तालिमको आयोजना गरेको आयोजकले जनाएको छ ।

तालिममा सहजीकरण गर्दै होम–स्टे(घरबास) महासंघका केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोलाले होम–स्टे सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषय, कार्यविधि, सामुदायिक होम–स्टे, विधान र दर्ता प्रक्रियाको बारेमा जानकारी दिनुभएको थियो । सो क्रममा पकाउने कला, स्थानीय रैथाने बस्तुबाट विभिन्न खाद्य बस्तु तयार गर्ने विधि, खाना बनाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा ज्ञान दिलाएका थिए । तालिममा सहभागिहरुले अब तत्कालै रोशीमा साुमदायिक होम स्टे दर्ता गर्ने जनाएको छ ।
रोशी गाऊँ पालिका वडा नं. २ प्रसिद्ध तीनधारे झरना, महावीर झरना, रानी झरना, ऐतिहासिक गुम्बा, लक्ष्मीनारायाण महादेवको मन्दिर लगायतका प्राकृतिक एवं धार्मिक स्थलहरु रहेको ठाउँ हो ।

तपाईको प्रतिक्रिया