रोटरी क्लब काभ्रेले गर्याे विद्यालयमा मुटु जाँच्ने शिविर

बनेपा÷रोटरी क्लब अफ काभ्रे बनेपाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिएको छ । लायन्स क्लब अफ बनेपा काभ्रेसँगको सहकार्यमा नेपाल प्रहरी स्कूल साँगामा मुटु तथा बाथरोगको परीक्षण शिविर आयोजना गरेको हो ।
रोटरी क्लब अफ बनेपा काभ्रेका बर्ष २०२३÷०२४ का अध्यक्ष केशव बडालले सामाजिक कार्य गर्ने संस्थाको रुपमा रहेको रोटरीले विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेको उल्लेख गर्नुभयो ।
उहाँका अनुुसार एक हजार ८५८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी, प्रेमराज वैद्य र सत्यनारायण श्रेष्ठले परीक्षण गर्नुभएको थियो । सोही अवसरमा सय जनाको इसीजी सेवा प्रदान गरिएको थियो । नेपाल हृदय रोग प्रतिष्ठानसँगको सहकार्यमा सो कार्यक्रम आयोजना भएको हो ।

 

तपाईको प्रतिक्रिया