रोशीमा दुई दिने योग प्रशिक्षण

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका-७ स्थित रोशी माध्यमिक विद्यालयमा दुई दिने योग प्रशिक्षण सम्पन्न भएको छ । विद्यार्थीहरुका लागि मंगलटार आयुर्वेद औषधालयको आयोजनामा दुई दिने योग प्रशिक्षण सम्पन्न भएको हो ।
`मेरो स्वास्थ मेरो जिम्मेवारी, योग गरौ निरोगी बनौ´ भन्ने नाराका साथ मंगलबारबाट सुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको छ । नागरिक आरोग्य अभियान अन्तर्गत योग कार्यक्रममा रोशी माध्यामिक विद्यालयका ४१ जना विद्यार्थीहरुलाइ योग प्रशिक्षण दिएको आयोजकले जनाएका छन । विद्यालयका कक्षा ९,१० र ११ का विद्यार्थीहरुलाइ प्रशिक्षण दिएका हुन ।

रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामाले चिकित्सा विज्ञानले नसकेको नशाजन्य रोग योगले निको पार्ने बताएका छन । पछिल्लो समयमा योगले सबैतिरको मन जित्न सफल भएको र अन्तरास्ट्रिय योग दिवस मनाउन सफल भएको लामाले बताए । योगाले मेन्टल्ली र फिजिकल्ली स्वस्थ राख्न मद्धत गर्ने उनको भनाइ छ ।

रोशी माबिका प्रधानाध्यापक बिन्दुप्रसाद ढुंगानाले रोग लाग्नु भन्दा रोग लाग्न नदिनको लागि योगले सहयोग गर्ने बताएका छन । योगका लागि रोशी माबिलाइ छनौट गरेकोमा धन्यवाद व्यक्त गर्दै सिकाइलाइ सहितरिकाले सदुपयोग गर्न ढुंगानाले अनुरोध गरे । भित्री शरीर सफा भएन भने बाहिरी शरीर मेकप गरेर राम्रो भएर मात्र नहुने उनको भनाइ छ ।
योगले मानिसलाइ फूर्तिलो बनाउने र दीर्घजीवन बिताउन सक्ने खालको महसुस भएको विद्यार्थी तुलसी केसीले बताइन ।
गाउपालिकाका आयुर्बेद शाखा प्रमुख सबिता गौतमले तीन दिने कार्यक्रम दुई दिनमा सक्नु पर्ने भएकाले दिनमा तीन सिफ्ट गरेर सम्पन्न गरेको बताइन । योग प्रशिक्षक पुन्जलाल श्रेष्ठ र मानसरोबर श्रेष्ठ दुइ जनाले प्रशिक्षण दिएको उनले बताइन । कार्यक्रममा कक्षा ९, १० र ११ का ४१ जना प्रशिक्षित भएको जानकारी दिइन ।

तपाईको प्रतिक्रिया