बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको तरकारीले काठमाडौं उपत्यकाको ४५ प्रतिशत माग धानीरहेको छ । भौगोलिक रुपमा नजिक भएकाले पनि त्यो संम्भव हुँदै आएको छ । काभ्रे पछिल्लो समय आफूलाई अर्गानिक उत्पादन गर्ने जिल्लाको रुपमा अघि बढिरहेको छ ।
सामान्य रूपमा भन्नु पर्दा प्रकृति को सहि रूपमा संरक्षण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने रासायनिक मल, बिउ, बिषादि लगायतका सामाग्री तथा प्रबिधिहरुको प्रयोग नगरी प्राकृतिक रूपमा उपलब्ध हुने बस्तुको प्रयोग गरि माटोको उर्वरा संरक्षण गरि स्वस्थ, सभ्य र स्वच्छ तरिकाले गरिने खेती नै अर्गानिक खेती हो । काभ्रेको उत्पादनले पछिल्लो समय काठमाडांैमा एकाधिकार कायम गर्नुपनि यही अर्गानिक उत्पादन नै हो ।
देशमा उत्पादन भएका र आयातित तरकारी तथा फलफूलमा देखिएको विषादि अवशेषको मात्रा सामाजिक र राजनीतिक दुवै वृत्तमा ठूलो चासोको विषय बनेको छ । यसको विकल्पका रूपमा अर्गानिक कृषि प्रणाली हुनसक्ने देखिन्छ । अर्गानिक कृषिका चारवटा मुख्य सिद्धान्त – स्वास्थ्य, वातावरण, निष्पक्षता र रैथानेको हेरचाहसम्बन्धी छन् जसले अर्गानिक कृषिलाई थप प्रष्ट पार्छन् । यीनै ४ वटा सिद्धान्तहरु ले गर्दा नै अर्गानिक कृषि अहिले विश्वाका कुन कुनामा प्रख्यात भएको छ ।
काभ्रेमा अर्गानिक कृषिका सम्भावनाहरूः
भौगोलिक दृष्टिकोणिय फाइदाहरु ः काभ्रेको भुगोल अर्गानिक खेतीका लागि सुुहाउँदो छ । काभ्रे सानो जिल्ला भएपनि विविध खालको खालका जलवायु र हावापानी भएको जिल्ला हो । मधेश बिर्साउने तातो र हिमपात हुने उच्च पहाडी ठाउँ यही काभ्रेमा नै छ । जसले विभिन्न खालका अर्गानिक बालीनाली विभिन्न ऋतुहरुमा उत्पादन गरि निर्यात गरी आत्मनिर्भर बनाउने काम गरिरहेको छ ।
रासायनिक मल र विषादिको प्रयोग प्रायः शून्य छ भने पहाडी क्षेत्रमा पनि यसको प्रयोग अत्यन्त कम छ । पहाडी क्षेत्रमा किसानले अपनाएको परम्परागत कृषि पद्धति अर्गानिक किसिमको छ ।
अर्गानिक कृषि को राम्रो अनुभव ः पहाड र हिमाली क्षेत्रका कृषकहरू मा अर्गानिक कृषि प्रणालीका लागि आवश्यक पर्ने उत्पादन सामग्री किसानले सजिलै स्थानीयस्तरमा बनाउन सक्ने हुँदा र बनाई रहेको हुँदा अनि अन्य कुरामा पनि राम्रो अनुभव भएको कारण नेपाललाई अर्गानिक कृषि तर्फ लाग्न निकै सजिलो पाइएको देखिनछ।
अन्य सम्भावनाहरू ः सस्तो जनशक्तिको सुलभता र अर्गानिक वस्तुको गुदस्तरिय मूल्य, अर्गानिक वस्तुको प्राथमिकता, भौतिक पुर्वाधारको विकास, अर्गानिक कृषि संघ सम्बन्धित संग संस्थाको विकास, आदि।
अर्गानिक कृषिका फाइदाहरु ः
दीर्घकालसम्म माटोको उत्पादकत्व कायम राख्न । कृषि प्रविधिका कारण हुनसक्ने सबै प्रकारका प्रदूषण रोक्न ।पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तरयुक्त खाद्य पदार्थहरू उत्पादन गर्न । कृषि अभ्यासमा कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाणु अवशेषयुक्त फोसिल ऊर्जाको प्रयोग कम गर्न । पशुपालनमा जरुरी हुने पशुको भौतिक र शारीरिक उपलब्ध गराउन । कृषक र कृषि उत्पादकहरू पेसाबाट जीवन बिताउन र विकास सम्भव तुल्याउन, वातावरण र जैविक विविधताको संरक्षण गर्न र आम्दानीका श्रोतहरू निकाल्न पनि अर्गानिक कृषि प्रणाली निकै नै महत्त्वपूर्ण रहेको देखिन्छ ।
अर्गानिक कृषि प्रणालीका महत्त्व र सम्भावनाहरू बुझेर यस अर्गानिक कृषि प्रणालीलाई सरकारी तथा व्यक्तिगत स्थरमा कार्यान्वयन गर्न सके अर्गानिक कृषि प्रणाली नेपालको विकासमा कोसेढुङ्गो साबित हुने पक्का छ । जसमा काभ्रे कृषि महोत्सवले ठूलो भुमिका निर्वाह गर्नेछ ।
तपाईको प्रतिक्रिया