गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन फरक-फरक विधाका दुईओटा गीत रेकर्ड

नेपाली गीत सङ्गीतको क्षेत्रमा उदाउँदै  गरेकी भविष्यका चम्किलो तारा बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन फरक-फरक विधाका दुईओटा गीत रेकर्ड भएको छ । गीतकार तथा सङ्गीतकार शब्द र लय रहेको कस्तो मान्छे रोज्यौ तिमीले बोलको गीत काठमाडौँको प्रदर्शनी मार्गमा रहेको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । उक्त गीतमा सङ्गीत संयोजन बुद्ध सायमीको रहेको छ । गीतकार सिन्धुलियन गुराँसको स्वरमा रेकर्ड भइसकेको यो गीत बाल आवाजमा प्राप्तिले स्वर दिएकी छिन् । यसै गरी तामाङ सेलोको भाका गाउने बोलको सेलो गीत काठमाडौँको अनामनगरमा रहेको वेभ ( वेभ ) रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । गीतकार गुराँसकै लय रहेको यो गीतमा शब्द धन सिं तामाङको रहेको छ भने सङ्गीत संयोजन राकेश ओलीको रहेको छ ।

तपाईको प्रतिक्रिया