चालकको स्वास्थ्य र गाडीको इञ्जिन जाँच्दै काभ्रे ट्राफिक

बनेपा÷सवारी हाक्ने चालक र सवारी साधन स्वस्थ्य भएनन् भने दुर्घटनाको उच्च जोखिम रहन्छ । ट्राफिक प्रहरीको काम राजस्व संकलन गर्ने र जरिवाना गर्ने मात्रै हैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले ट्राफिक सप्ताह मनाईरहेको छ ।
ट्राफिक सप्ताहकै क्रममा अनेकौ रचनात्मक कार्य गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आईतबार फरक रुपमा कार्यक्रम गरिरहेको छ । काभ्रेको उत्कृष्ट हेल्थ केयर बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा चालकको हेल्थ चेकअप गराएको छ भने सवारी साधनको मेकानिकल चेक गराएको छ । जसको कारणले दुर्घटना कम हुने विश्वास प्रहरीको छ ।
त्यसो त काभ्रे प्रहरीले नियमित रुपमा चालकमैत्री कार्यक्रम गरिरहेको पनि छ । तर सप्ताहमा भने काभ्रे प्रहरीले पृथक रुपमा आफूलाई प्रस्तुत गरेको छ । दुई दिन अघि काभ्रेको सिडिओ, प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीको उपस्थितीमा विद्यार्थी तथा नागरिक समाजका सरोकारवालाको उपस्थितीमा ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको हो ।
ट्राफिक सप्ताह २०८० प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । त्यस्तै शुक्रबार स्वयसेवक मार्फत सचेता कार्यक्रम प्रदान गरिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार शुक्रबारे स्वंयसेवक मार्फत काभ्रेमा सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाएको छ । काभ्रेमा सडक काट्ने क्रममा दुर्घटनाको जोखिम रहेकाले सो कार्यक्रम आयोजना गरेको हो । शुक्रबार नै चेतनामूलक स्टिकर टाँस गर्ने, पर्चा पम्लेट वितरण गरिएको उहाँले उल्लेख गर्नुभयो ।
शनिबार ग्रामीण सडक लक्षित कार्यक्रम, भाडा अनुगमन, माक्स वितरण र सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरेको छ । आईतबार सवारी चालकहरुसँग पाँच मिनेट ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तिव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण गरेको छ । माघ २९ गते सोमबार विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम गर्ने कार्यतालिका रहेको छ । आमा समुह टोल सुधार समिति र युवा क्लवहरुलाई समेत ट्राफिक सचेतना मार्फत सचेत गर्ने फागुन १ गते मंगलबार चालक तथा सह चालकहरुको स्वास्थ्य परीक्षण तथा सवारी साधनहरुको यान्त्रिक परीक्षण गर्नेछ । फागुन २ गते बुधबार ट्राफिक सप्ताहको उपलब्धी र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवालाबीच अन्तरकृया गरिने प्रमुख जर्नादन घिमिरेले उल्लेख गर्नुभयो ।

बनेपा हेल्थ केयरको साथ

काभ्रेको उत्कृष्ट संस्था बनेपा हेल्थ केयरले चालकको स्वास्थ्य परीक्षणमा साथ दिएको छ । आइतबार भएको चालकलाई चेकजाँचमा समेत सो संस्थाले साथ दिएको हो । हेल्थ केयरका कार्यकारी निर्देशक शिव पौडेलेले सामाजिक उत्तरदायित्व अन्तरगत सो सेवा प्रदान गरेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया