जिल्ला सहकारी संघको अर्धबार्षिक समिक्षा

बनेपा÷जिल्ला सहकारी संघ काभ्रेले अर्धबार्षिक समिक्षा गरेको छ । शनिबार संघको भवनमा भएको समिक्षामा संघका पदाधिकारीm पूर्व अध्यक्ष र लेखा समितिका पदाधिकारी र कर्मचारीको उपस्थिती रहेको थियो ।
संघका अध्यक्ष दिलिप शर्माका अनुसार एक बर्षमा लिएको लक्ष्य निर्धारणको छ महिनामा अवस्था कस्तो रहेको छ भनेर समिक्षा गरेर कार्य योजना बनाउने उदेश्यले समिक्षात्मक कार्यक्रम आयोजना गरेको हो ।
समिक्षा कार्यक्रमको सभापति समेत रहनु भएका अध्यक्ष शर्माले संघले पछिल्लो समय हासिल गरेको उपलब्धी सबैको साझा प्रयासबाट मात्रै संम्भव भएको उल्लेख गर्नुभयो । सचिव निरञ्जन बिष्टले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अमन पोटे श्रेष्ठले राख्नु भएको थियो ।
सहकारी विज्ञ कुवेर निरौलाले सहकारीले अहिलेको अवस्था र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले छ महिनाको प्रगति प्रतिवेदन र आर्थिक प्रगतिको विवरण समिक्षा गोष्ठीमा पेश गर्नुभयो ।

तपाईको प्रतिक्रिया